अर्थ-वाणिज्य

सरकारले व्यापार गर्दैन, व्यापार निजी क्षेत्रले नै गर्ने होः मन्त्री रिजाल



धनुषा, २३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन्।
मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताएका हुन्।

उनले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। उनले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलार्य परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने जिकिर गरे।

‘सरकरले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको। सरकारले त मात्र सहयोग गर्ने हो। के गर्नुपर्छ बाटो बनाइदिने हो। अहिलेको गठबन्धन सरकारले तपाईहरूका समस्या समाधान गर्नेछ। प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ, उनले भने,त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन्। राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार ५ वर्ष नै चल्छ मलाई लाग्छ।’

देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने बताए। उनले पहाडबाट बगेर जाने बालुवाको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाए।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६