खोज–अनुसन्धान

संचार सहकारीको बार्षिकोत्सव बिशेष : खुला प्रतियोगीतावाट ४ सफल कवि कवियत्री छानिए




कपिलवस्तु २७ जेठ । कपिलवस्तु संचार सहकारी सस्थाले बार्षिक उत्सवको साताब्यापी कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न संघसंस्था एवं विद्यालयका गरि १९ जना विच प्रतिस्पर्धा भएको हो । जसमा बाणगंगा ८का जेसिका कडेलले १५० पुर्णांङकमा १२० अंक प्राप्त गरी प्रथम, बुद्धभूमी २ का पवन अर्यालले ११५ अंक प्राप्त गरी द्धितीय, १०५ अंक प्राप्त गरी सन्धया बुढा मगर तृतीय तथा १०२ अंक प्राप्त गरी प्रिष्कला दर्नालले प्रोसाहन स्थान हाँसील गर्नुभएको छ । प्रतियोगितामा विजयी प्रतियोगिहरुलाई आज हुने औपचारिक समारहोको कार्यक्रमका विच नगद पुरस्कार प्रदान गरिने छ ।


कार्यक्रममा बोल्दै कपिलबस्तु संचार सहकारीका अध्यक्ष मित्रलाल शर्माले यो सञ्चार सहकारी नितान्त फरक र अर्गानिक रहेको बताउनुभयो । उहाँले स्रोता दर्शकको न्यायको पक्षमा आवाज वुलन्द पार्दै आएको बताउनुभयो । कपिलबस्तु संचार सहकारीको मुख्य उद्धेश्य नै दविएर रहेका प्रतिभाहरुको प्रष्फुटन गर्नु रहेकाले साहित्यीक संस्थाहरुसंग सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा बरिष्ट साहित्यकार ऋषिकेशव भारद्धाजले बुद्ध आवाज संचार गृहको श्रष्टा प्रबद्र्धन गर्ने काम सह्रायिन रहेको वताउनु भयो ।


निर्णयकको भूमिकामा रहनु भएका दाङका बरिष्ट साहित्यकार डा. हिमलाल पन्थी, बुटवलका बरिष्ट साहित्यकार राजेन्द्रकुमार आचार्य, र कपिलवस्तुको विगढी संगमका ख्याती प्राप्त कवि एवम साहित्कार हेमराज शर्मा लगायतले नतिजाले ४ जनालाई स्थान दिएपनि सहभागि सबै उत्तिकै टयालेण्ट रहेको वताउनु भयो । । कार्यक्रममा विभिन्न संघसंस्था एवं विद्यालयका सहभागी तथा रेडीयोका कर्मचारीहरुको उपस्थीती रहेको थियो । कार्यक्रम दिनभर टेलीभिजन बुद्ध आवाज र रेडीयो बुद्ध आवाजबाट प्रत्यक्ष प्रशारण समेत गरीएको थियो । कार्यक्रम कपिलबस्तु संचार सहकारीका सचीव सर्वेन्द्रदेव खनालको अध्यक्षता तथा व्यवस्थापक भेषराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो । संचार सहकारी सस्थाले रेडियोको १५ औ टेलिभिजनको १० औ वार्षिक उत्सव समारोह आज शनिवार बिशेष कार्यक्रम गरी मनाउदैछ ।

प्रकाशित : २७ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६