काठमाडौं २७ जेठ। नेकपा एमालेले गत शुक्रबारको सचिवालय बैठकको निर्णयअनुसार पार्टीको भूमिगतकालिन निर्णयको पुनरोदय भएको छ। भूमिगत कालमा एक ठाउको नेतालाई अर्को ठाउमा खटाएर पार्टीकाम हुन्थ्यो । अहिले ठयाक्कै त्यही भएको छ । गत मंगलबार नेताहरुको कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा पार्टीलाई थप प्रभावकारी बनाउने भन्दै नेताहरूलाई फरक जिल्ला र भूगोलमा इन्चार्ज बनाएर पठाएको छ ।
जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रित भएर काम गर्दै आएका नेताहरुलाई एमालेले अर्को जिल्ला तथा स्थानीय तहको नेतृत्वको जिम्मेवारी सुम्पेको हो । तर, पार्टीको यो निर्णयप्रति सबै नेताहरु खुशी छैनन् ।केही नेताहरुले खुलेरै विरोध गरे पनि कतिपयले पार्टी नेतृत्वसामु आफ्नो कुरा राख्न नसकेपछि तैं चुप मैं चुपको अवस्थामा छन् ।पार्टीको जिम्मेवारी बाँडफाँटको विषयमा असन्तुष्टि राख्नेमध्येका एक हुन् पोलिटव्युरो सदस्य गोकुल बास्कोटा । काभ्रेलाई केन्द्र बनाएर राजनीति गर्दै आएका बास्कोटालाई सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवारी दिइएको छ । पार्टीले छिमेकी जिल्लाको नेतृत्वमा पठाउँदा उनी सन्तुष्ट छैनन् ।गृहले सीडीओ सरुवा गरे झैं बहुदलीय राजनीतिमा मान्छेको सरुवा गर्न नमिल्ने उनको तर्क छ ।








प्रतिक्रिया