एजेन्सी २७ जेठ ।विमान दुर्घटना परेर हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पु¥याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएर उनीहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पु¥याइएको जनाएको छ ।
तेह्र,नौ,चार र एक वर्षका ती बालबालिका सहोदर भाइबिहिनी भएको बताइएको छ ।ती बालबालिका गएको मे १ मा आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेका थिए । उनीहरु एमाजोनस प्रदेशको एराराकुराबाट गुवाभेर गइरहेका थिए । यात्राकै क्रममा उनीहरु सवार सेसना २०६ नम्बरको हलुका विमान दुर्घटना हुँदा आमा र दुई जना पाइलटको ज्यान गएको थियो । ती तीन जनाको शव जहाज दुर्घटना भएकै स्थानमा फेला परेको थियो
२८ जेष्ठ २०८०, आइतबार
प्रतिक्रिया