खोज–अनुसन्धान

भारतवाट ल्याएको अबैध यूरिया मल पाल्पावाट पक्राउ




तानसेन २९ जेठ । पाल्पाको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा अबैध युरिया मल बरामद गरेको छ । भारतबाट लुकीछिपी पाल्पाको रामपुरमा ल्याएको अबैध युरिया मल प्रहरीले बरामद गरेको हो । प्रहरीले रामपुर र हुँगीबाट ४४ हजार ६९० केजी युरिया मल बरामद गरेको जनाएको छ ।रामपुरको एक घरमा लुकाएर राखेको २९ हजार केजी युरिया मल र कालीगण्डकी कोरिडोर सडकखण्डमा ट्रकमा ल्याइएको झण्डै १७ हजार केजी मल प्रहरीले बरामद गरेको हो । शनिबार बिहान ३८१ बोरा मल बरामद गरेको प्रहरीले बेलुकी पुन ६५० बोरा मल बरामद गरेको जनाएको छ ।
सुराकीको आधारमा रामपुर नगरपालिका–५, बेझाडस्थित स्थानीय विजय श्रेष्ठको घरमा ६५० बोरा मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । बरामद गरिएको मलको बोरा बाहिर प्रधानमन्त्री भारतीय जनउर्बरता परियोजना भारत लेखिएको प्रहरीले जनाएको छ ।पछिल्लो समय रामपुर क्षेत्रमा अबैध मलको कारोबार बढेको अनुमान गरिएको छ । यसअघि त्यस क्षेत्रमै सरकारले दिएको अनुदानको मल नीजि एग्रोभेटलाई बिक्री गरिएको थियो ।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६