खोज–अनुसन्धान

प्युठान कार दुर्घटनाका मृतक ८ मध्ये ७ को पहिचान खुल्यो




प्युठान २९ जेठ । प्युठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार अन्य एक जनाको पहिचान खुल्न सकेको छैन
मृत्यु हुनेमा कार चालक लमही नगरपालिका वडा ५ का तारा कुमाल, कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठान प्रवक्ता सुशील थापाले जानकारी दिए ।
यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानलपारिका वडा १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् ।
मृतक ८ जनाको शव जिल्ला अस्पताल प्युठानमा राखिएको प्रवक्ता थापाले जानकारी दिए । मृतकका आफन्तहरू आएपछि शव बुझाइने थापाले बताए ।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६