अर्थ-वाणिज्य

कपिलवस्तुका राष्ट्रिय खेलाडी थारु सिकिस्त विरामी, उपचारमा रकम अभाव




कपिलवस्तु ३० जेठ । एथलेटिक्सका किर्तिमानी राष्ट्रिय खेलाडी तुलसीराम थारु एकाएक सिकिस्त विरामी भएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बन्डिहुली घर भएका उनको स्वास्थ्यमा अचानक समस्या आएपछि रातारात एम्बुलेन्स मार्फत् काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा ल्याएर भर्ना गरिएको छ । उनका दाजु प्रभु थारुका अनुसार तुलसीरामको शरीरमा सेतो रगत निकै कम देखिएको छ । त्यसै कारण उनी गम्भिर विरामी भएका हुन् । भाइको टाउकोमा पनि रगत जमेकाले थप समस्या भएको उनले बताए । सेतो रगत चढाएपछि बल्ल टाउकोको अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएको उनले सुनाए । सामान्य आर्थिक अवस्था भएकाले भाइको उपचारमा रकम अभाव भएको प्रभुले बताए । यो विमारको उपचार पनि निकै महंगो रहेछ ।
धेरै पैसा पनि छैन । भएको र सापटी खोजेको पैसा सकियो भन्दै उनले सहयोगको लागि अपिल गरेका छन् ।तुलसीराम नेपालकै लागि सम्भावना बोकेका एथ्लेटिक्स खेलाडी हुन् । २० बर्षकै उमेरमा रिले दौडमा रेकर्ड कायम गरी उनी जुनियरतर्फ नेपाल फस्ट भएका थिए भने केहि महिना अघि भएको राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा पनि प्रथम भएका थिए । उनी अहिले स्थानीय कनकमुनी उच्चमावि जगदिशपुरमा कक्षा १२ मा अध्ययन गर्दछन् ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६