खोज–अनुसन्धान

११ महिनामा एउटै नदीमा डुबेर २१ को मृत्यू



पाल्पा – पाल्पाको कालीगण्डकी नदी र तिनाउ नदीमा पौडी खेल्दा डुबेर मृत्यु हुने मानिसको सङ्ख्या दिनप्रतिदिन बढेको छ । पौडी खेल्न पोख्त नभएका र साथीभाइको लहैलहैमा पौडिन खोज्दा नदीमा डुबेर मानिसको मृत्यु हुने क्रम बढेको हो ।गर्मी छल्न र सँगीसाथीको लहैलहैमा पौडी खेल्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । विगतको वर्षको तुलनामा यो वर्ष गर्मी मौसममा तिनाउ नदीमा पौडी खेल्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार आव २०७९/०८० को साउन महिनादेखि हालसम्म २१ जनाको नदीमा डुबेर मृत्यु भएको छ । २१ जनामध्ये अधिकांशको तिनाउ गाउँपालिकास्थित तिनाउ नदीमा डुबेर ज्यान गएको छ ।

रुपन्देहीबाट गर्मी छल्न तिनाउ नदीमा पौडिने क्रममा किशोर तथा युवा ज्यान जाने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यतिमात्र होइन तिनाउ नदीमा भारतबाट घुम्न आएका युवाको समेत ज्यान जाने गरेको छ । तिनाउ नदीमा पौडी खेल्न नजान्ने र नयाँ मानिसको डुबेर मृत्यु हुने गरेको प्रहरीको भनाई छ । तिनाउको तीन/चार वटा स्थानमा डुबेर ज्यान जाने गरेको प्रहरीले उल्लेख गरेको छ ।ती स्थानमा पौडी नखेल्नसमेत प्रहरी र प्रशासनले अनुरोध गरेको छ । यद्यपी जोखिम रहेको क्षेत्रमा मानिस दिनहुँजसो पौडी खेल्नका लागि जाने गरेको र पछिल्लो केही दिनयता हरेक दिनजसो घटना घटेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्व शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जोखिमपूर्ण र यसअघि पटक–पटक घटना भएको स्थानमा पनि अटेर गरेर मानिसहरू पौडी खेल्न जान्छन्, अटेरीले पनि घटना बढेको छ ।’यस्तै पाल्पाको कालीगण्डकी नदीमा मानिसहरूको डुबेर ज्यान जाने गरेको छ ।

रामपुरको विभिन्न क्षेत्रमा पौडी खेल्ने क्रममा किशोर–किशोरी तथा अन्य मानिसको समेत ज्यान जाने गरेको छ । कालीगण्डकी नदीको बहाबका बारेमा जानकारी नभएका किशोर–किशोरी पौडी खेल्ने क्रममा ज्यान जाने गरेको प्रहरीको भनाई छ ।जिल्ला प्रशासन कार्यालय पाल्पाले समेत नदी किनार तथा जोखिमयुक्त स्थानमा पौडी नखेल्न आग्रह गरेको छ ।पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गर्मी भयो भनेर ज्यान जोखिममा पारेर पौडी खेल्न नहुने बताउनुभयो । तिनाउ आसपासका नदीमा तिखा ढुङ्गा, नदी तथा तटबन्ध बनाउदा फालिएका छडलगायतका अनावश्यक सामग्रीबाट दुर्घटना हुन सक्ने भएकाले सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित : ८ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६