खोज–अनुसन्धान

हुलाक कार्यालयमा किन भयो तालाबन्दी ?




कपिलवस्तु १० असार। जिल्ला हुलाक कार्यालय कपिलबस्तुमा तालाबन्दी गरिएको छ । सरकारले अतिरिक्त हुलाक खारेजी गरेको भन्दै उहाँहरु आन्दोलित भएका हुन् । सरकारले बजेट वक्तव्य मार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरू नाराबाजी सहित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियसन कपिलबस्तुका अध्यक्ष शिवदिन यादवका अनुसार जेठ १५ गते बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेको बताउनुभयो । सरकारले गरेको खारेजीको घोषणाको विरोध गर्दै हुलाक कार्यालयमा तालाबन्दी गरिएको उहाँले बताउनुभयो बताउनुभयो ।
आन्दोलनरत कर्मचारीहरु अतिरिक्त हुलाक खारेजीको निर्णय तत्काल फिर्ता गर्नु पर्ने, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न नपाइने, हुलाकको संरचना खारेज हैन यसको पुनःसंरचना गर्नुपर्ने र राजिनामा दिई सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिका आधारमा सेवा सुविधा सुनिश्चित गर्नु पर्ने माग राखेका छन् । कपिलबस्तुमा अतिरिक्त हुलाकमा काम गर्ने २ सय १ जना रहेको एसोसियसनका अध्यक्ष यादवले बताउनुभयो । आन्दोलनरत कर्मचारीहरु विभिन्न नाराबाजी सहित हुलाक कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६