खोज–अनुसन्धान

न्यायधिसलाई जुत्ता हान्ने आरती पक्राउ परेपछि शुरु गरिन आमरण अनसन




कपिलवस्तु १० आसर । कपिलवस्तु अदालतका न्याधिस रहदाका बखत प्रहरीमा उजुरी परेको घटनाले काठमाडौमा तनाव श्रृजना गरेको छ । जसकाकारण न्यायाधीश भुवन गिरीकी कान्छि पत्नी आरती गिरी पक्राउ परेकी छिन् । उनले गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा श्रीमानमाथि जुत्ता प्रहार गरेकी थिइन् ।आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । त्यसकै पेशी बुझ्न जाने क्रममा आफैंले लगाएको जुत्ताले श्रीमानलाई हानेकी थिइन् ।न्यायको माग गर्दै आरती आजबाट आमरण अनशनमा बसेकी छिन् । यही क्रममा उनी सहयोगी बिनु यादवसहित काठमाडौं महान्यायाधीवक्ताको कार्यालयमा प्रदर्शनका लागि पुगेकी थिइन् ।
सेतो सारी र खुट्टामा चप्पल नलगाइ महान्यायधीवक्ता कार्यालय अगाडि धर्ना दिन खोज्दा प्रहरीले उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्यायो । आरतीसँगै बिनु पनि पक्राउ परेकी थिइन् । दुवैलाई आजै छोड्ने तयारी थियो । तर, त्यही बेला पूर्वन्यायाधीस गिरी पनि त्यहाँ पुगेका थिए ।गिरीले अदालतमा जुत्ता खाएपछि प्रहरीमा श्रीमतीविरुद्ध अभद्र व्यवहारमा मुद्दा हालेका छन् । त्यसकै ताकेताका लागि उनी सिंहदरबार वृत्त पुगेका हुन् । त्यहाँ श्रीमतीसँग उनको जम्काभेट भएको थियो । प्रहरीकै अगाडि उनले श्रीमतीलाई तथानाम गाली गरेको स्रोतले बतायो ।गिरीले आरतीमाथि आफूले अभद्र व्यवहारमा मुद्दा दिएका उनलाई रिहा नगर्न प्रहरीलाई दवाव दिए । गिरीको दवावपछि प्रहरीले आरतीलाई रिहा गरेन । उनलाई सिंहदरबार वृत्तकै हिरासतमा राखेको छ । आरतीले हिरासतमा नै अनशनलाई निरन्तरता दिएकी छन् ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६