खोज–अनुसन्धान

संघिय सरकारद्वारा लुम्विनीका ३ स्थान सहित मुलुकभरमा ७ औधोगिक ग्राम घोषणा




कपिलवस्तु १३ असार ।संघिय सरकारद्वारा लुम्विनीका ३ स्थान सहित मुलुकभरमा ७ औधोगिक ग्राम घोषणा गरेको छ ।संघिय सरकारले देशका विभिन्न सात स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कालिकोटका दुईसहित सात स्थानमा नयाँ औद्योगिक ग्राम बनाउने निर्णय भएको हो।
रास्कोट नगरपालिका(६ कालीकोट
नरहरिनाथ गाउँपालिका(२ कालीकोट
राप्तीसोनारी गाउँपालिका(४ बाँके
रम्भा गाउँपालिका(३ पाल्पा,
शीतगंगा गाउँपालिका(१३ अर्घाखाँची
जगरनाथपुर गाउँपालिका(५ पर्सा
महागढीमाई नगरपालिका(५ बारा
अन्य दुई निर्णय
मंगलबारकै मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरेको छ।
बैठकले लामालाई सुदूरपश्चिम र तिमिल्सिनालाई कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित : १२ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६