अर्थ-वाणिज्य

शितगंगामा औधोगिक ग्राम बन्ने निर्णयले सिंगो जिल्ला खुशी




अर्घाखाँची १३ असार । सरकारले अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. १३ मा औद्योगिक ग्राम बनाउने निर्णय गरेपछि समग्र अर्घाखाँचीमा खुशीयाली छाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको थियो । सोही अनुसार लुम्बिनीको शीतगंगा नगरपालिका पनि परेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय भएको बताइन । यता शीतगंगा नगरपालिकाका पूर्व नगर उप्रमुख टीका रेश्मीले शीतगंगा १३ मा औद्योगिक ग्राम बनाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेकोमा धन्यवाद प्रकट गरे ।
२०७६ सालमा एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम बनाउने नीति अनुसार शीतगंगाको १३ नं. वडामा औद्योगिक ग्राम बनाउने गरी जिल्लास्तरमा निर्णय भएको बताए । सोही अनुसार औद्योगिक ग्राम स्थापना हुने स्थान थाप्लेबारीको माटो समेत परिक्षण भएर काम अगाडि बढेको जनाए । तर बीचमा काम हुन नपाइरहेको बेला मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेकोमा यस क्षेत्रका नागरिक मात्र नभएर सिंगो जिल्ला खुसी भएको बताए । ३५ रोपनी जग्गा रहेको उक्त स्थानमा औद्योगिक ग्राम स्थापनाका लागि आफूसँगै पूर्व नगर प्रमुख सूर्य प्रसाद अधिकारी, वडा नं. १३ का वडाध्यक्ष दुर्गा विसीको मुख्य पहल रहेको स्मरण गरे । यहाँ औद्योगिक ग्राम स्थापना पछि रोजगारीका अवसर सिर्जना हुने समेत उनले विश्वास दिलाए

प्रकाशित : १३ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६