अर्थ-वाणिज्य

भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु




परासी १४ असार ।पश्चिम नवलपरासीमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु भएको छ । बर्दघाट नगरपालिकाबाट पुर्जा वितरण सुरु भएको हो । पहिलो चरणमा भूमिहीन दलितलाई जग्गाको धनीपुर्जा वितरण गरिएको हो । बिहीबार भूमिहीन १० दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद बिनोद चौधरी, कांग्रेस नेता देवेन्द्रराज कँडेलले भूमिहीनलाई पुर्जा वितरण सुरु गरेका थिए । अब क्रमशः जिल्लाका अन्य पालिकामा पनि वितरण गरिने बताइएको छ ।यसअघिका आयोगले अधुरा राखेका काम र अहिले परेका निवेदनमध्ये १ हजार ९ सय ९६ वटा कित्ताको नाप नक्सा तयार भएको र क्रमशः पुर्जा वितरण गर्दै जाने भूमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले बताए ।

प्रकाशित : १४ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६