अर्थ-वाणिज्य

किसानलाई समयमा मलखाद दिने सरकार आउन अझै ४ बर्ष कुर्नुपर्छ: सांसद अधिकारी




सरिता थारु
कपिलबस्तु ,१५ असार ।प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले किसानलाई समयमा मलखाद र विउ चाहिएको छ भन्दै त्यो दिन सक्ने सरकार आउन अझै ४ वर्ष कुर्नु पर्र्ने वताउनु भएको छ । उहाले बर्तमान सरकारले कृषकहरुको समस्यालाई सम्बोधन गर्न नसकेको आरोप समेत लगाउनुभएको छ । उहाले बर्तमान सरकारले मलखादको अभाव नरहेको बताउदै आएपनि कृषकहरुले भने १०। १५ किलो मलमा चित्त बुझाउन बाध्य भएको बताउनुभयो ।

२०औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८०को अवसरमा बाणगंगा नगरपालिका वडा नम्बर ३ चम्किपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले कृषकहरुले भोग्नु परेको समस्य समाधानका निम्ती आफुले पनि पटक पटक सदनमा कुरा उठाने गरेको जिकिर गर्नुभयो ।सांसद अधिकारीले कपिलवस्तु लगायत लुम्बिनी क्षेत्रमा विगतमा प्रशस्त खेती हुने कालानमक लगायत जातका धानहरु लोप हुँदै गैरहेको भन्दै त्यसमा स्थानिय सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो । बाणगंगा र सिङ्गो कपिलवस्तुमा सिचाइँको व्यवस्थापन गरि कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न बाणगंगा नदिमा रहेको पानिलाई विभिन्न माध्यम बाट सदुपयोग गर्न सकिने उहाको भनाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणीले अब कृषिको क्षेत्रमा लागत घटाई उत्पादन बढाउनको लागि कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनु भएको छ । परम्पराग ढङ्गले खेती गर्दा लागत अत्याधिक लाग्ने तर उत्पादन भने निक्कै न्युन हुनेभएकाले कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस्तै बाणगङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले यो धान दिवस तथा रोपाइँ कार्यक्रमले नेपाली जनतामा कृषि प्रतिको माया र कृषि कर्म बढ्ने विश्वास व्याक्त गर्नुभएको थियो । आगामि आर्थिक वर्षको लागि नेपाल सरकार र बाणगङ्गा नगरपालिकाले पनि कृषि क्षेत्रको लागि आवस्यक बजेट छुट्याएको भन्दै सम्पुर्ण नेपालीहरु कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै कृषि शाखा प्रमुख लेस बहादुर केसीले हरेक नेपालीको सामाजिक आर्थिक तथा सांस्कृतिक जिवन सँग गाँसिएको धान नेपालीको पहिलो खाद्यान्न बालीको रुपमा रहेको बताउनु बताउनुभयो । जलबायु अनुकुलीत कृषक मैत्री प्रविधी, धान उत्पादनमा बृद्धि भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा नगर उप्रमुख रिताकुमारी चौधरी, वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर झेडी , अन्य जनप्रतिनिधि , विभिन्न कृषि सहकारीका प्रतिनिधी, कृषक समुहका प्रतिनिधी, कृषि शाखाका कर्माचारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।


बाणगंगा नगरपालिका कृषि विकास शाखाको आयोजना तथा गौरीशंकर आई. पि. एम. कृषक समुहको समन्वयमा कार्यक्रम गरिएको हो । धान दिवस सङ्गै दही चिउरा खाने दिन पनि भएकाले उपस्थित सम्पुर्णले धान रोपिसकेपछि दही चिउरा सगँै थारु जातीमा लोकप्रिय खान ढिकरी खाएर धानदिवसलाई भव्यताका साथ मनाएका छन । कार्यक्रम गौरीशंकर आई. पि. एम. कृषक समुहका अध्यक्ष नोखिया थारुको अध्यक्षता तथा कृषि शाखा अधिकृत धनिराम आचार्यको संचालनमा सम्पन्न भकउथे हो ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६