अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको ज्यान गयो




एजेन्सी, १६ असार ।
भारतको महाराष्ट्रमा एक निजी बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । सागपुरदेखि समृद्धि राजमार्ग हुँदै पुणे गइरहेको २९ बीई १८१९ नम्बरको ट्राभल एजेन्सीको बस आज बिहान दुर्घटना भएको हो । बुलढाणा भन्ने ठाउँमा टायर फड्किँदा बस अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

बुलढाणाका प्रहरी अधिकारी सुनील कडासणेका अनुसार पोलमा बस ठोक्किँदा बसको डिजल ट्यांक फुटेर आगलागी भएको हो । बसमा लागेको आगोमा जलेरै धेरै यात्रीको ज्यान गयो भने केही यात्रु बसको सिसा फुटाएर बाहिर निस्किन सफल भए । बसमा जम्मा ३३ यात्रु रहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदेले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई पाँच लाख रुपैयाँ दिने बताउनुभएको छ ।

प्रकाशित : १६ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६