खोज–अनुसन्धान

रुपन्देही कांग्रेसमा दुइ समूह बीच विवाद हुदा प्रहरी परिचालन गरेर कार्यक्रम




रूपन्देही १६असार । रुपन्देही कांग्रेसमा दुइ समूह बीच विवाद हुदा प्रहरी परिचालन गरेर कार्यक्रम भएकोछ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले शनिबार आयोजना गरेको भेलामा कांग्रेसकै दुई समूहबीच विवाद भएको छ ।भेलामा आसन ग्रहणको विषयलाई लिएर कांग्रेसको संस्थापन र संस्थापन इतर समूहबीच विवाद भएको हो ।बुटवलको रामनगरस्थित अम्रपाली कटेजमा भएको कार्यक्रममा कांग्रेसका सहमहामन्त्री जीवन परियार सहभागी छलफल तथा अन्तरक्रिया कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर संस्थापन समूहले विवाद गरेको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति सन्दीप पौडेललाई आसन ग्रहण नगराइएको भन्दै विवाद भएको थियो । पौडेल संस्थापन पक्षका हुन् । उनकै आसन ग्रहणकै विवादले उग्र रुप लिएपछि कांग्रेसकै आग्रहमा कार्यक्रम स्थलमा प्रहरी परिचालन गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण बोलेर निस्किए लगत्तै विद्यार्थी नेताहरुले विवाद सुरु गरेका थिए । कांग्रेसको क्षेत्रीय समितिका संस्थापन इतर पक्षको बहुमत छ । कांग्रेसका क्षेत्रीय सचिव बिमल भट्टराईले आसन ग्रहणको विषयलाई लिएर सामान्य विवाद भएको बताए ।सामान्य ब्यानर च्यात्ने काम भएपनि त्यो समस्या समाधान भएर कार्यक्रम सुचारु भएको उनले बताए । छलफल भनेर आह्वान गरिएको भेलालाई गुटको भेलाको रुपमा प्रयोग गर्न खोजेपछि संस्थापन समूहले सल्लाहमै चेतावनी मात्र दिन खोज्दा अलि बढी विवाद भएको कांग्रेसका एक क्षेत्रीय सदस्यले बताए ।

प्रकाशित : १६ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६