अर्थ-वाणिज्य

१० बर्षिया बालिका बलत्कार आरोपमा एक बृद्ध पक्राउ




बुटवल १७ असार । रुपन्देहीको सुद्धोधन गाउपालिकामा मानपकीडीमा १० बर्षिया बालिका बलत्कार आरोपमा एक बृद्ध पक्राउ परेका छन्।सुद्धोधन गाउपालिका वडा नं ५ का शिव भारतीलाई सुक्रवार सांझ बालिका बलत्कार गरेको आरोपमा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो।घर आसपासमा खेल्दै गरेकी बालिकालाई दिउसो ४ बजे आसपास जबरजस्ती करणी गरेको भएपनि बालिकाकी आमाले राती ८ बजे मात्रै प्रहरीमा खवर गरेकी थिईन्।पिडित बालिकाकी आमाले मौखिक जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दयानगरले राती करिव ९ बजे आसपास ६५ बर्षिय भारतीलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्ष भरत बिकले बालिका बलत्कार गरेको भन्ने अभिभावकको उजुरी पछि भारतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए।
हो हामीले बालिकाकी आमाले छोरी माथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि उनलाई सुक्रवार राती नै उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं प्रहरी प्रमुख बिकले भने।पक्राउ परेका आरोपी भारतीलाई छोडनका लागि दवाव समेत दिन थालिएको पिडित बालिकाका आफन्तले बताएका छन्।घटना केही होईन सामान्य हो भन्दिनु भनेर दवाव आई रहेको छ त्यसैले वहाहरु घर छोडेर आफन्तकोमा गएर बस्नु भएको छ पिडितका छिमेकीले भने।पिडित बालिका र उनकी आमा अहिले बुटवलमा आफन्तकोमा बसेका छन्।सुद्धोधन गाउपालिका अध्यक्ष बिष्णु बस्यालले घटनाबारे आफुले जानकारी पाएको बताउदै आफुले वडाअध्यक्ष चन्द्रभान चौधरीलाई त्यस बिषयमा कानूनी कार्वाहीमा सहयोग गर्न भनेको बताए।
जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले एक जना महिलाले घटना सामान्य हो भनेर फोन बताए। एकजनाले घटना सामान्य हो म बालिकाको आमा हुं भनेर फोन गर्नु भएको थियो त्यो बाहेक अन्य कसैले आरोपीलाई छोडनु पर्यो भन्नु भएको छैन उनले भने।अघिल्लो दिन ठाडो निवेदन दिएकी आमाले घटना सामान्य हो भनेर फोन गरेकोले पनि कसैले उनलाई मुद्धा दर्ता नगर्न दवाव दिएको हुन सक्ने देखिन्छ। जिल्ला प्रहरी प्रमुख बिकले आरोपीलाई छोडनका लागि कसैले दवाव दिएर छोडन नमिल्ने बताए। आरोपी माथी अनुसन्धान भई रहेको छ अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिउला बिकले भने।

प्रकाशित : १८ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६