अर्थ-वाणिज्य

रोजगारी श्रृजना गर्न प्रदेश सरकार उदार ढंगले हातेमालो गर्दैछ : मुख्यमन्त्री




पाल्पा १८ असार । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपन्न नागरिकलाई स्वरोजगार बनाई आम्दानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पाद्वारा आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले सो कुरामा जोड दिनुभएको हो । कमजोर वर्गलाई आय–आर्जनमा जोडेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उहाँको छ ।
त्यसैले प्रदेश सरकारले रोजगार दिने संस्था र व्यक्तिलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट बनाएको छ ।’ प्रदेश सरकारको विषयमा प्रश्न उठिरहेको सन्दर्भमा मुख्यमन्त्री चौधरीले प्रश्न उठ्नु स्वाभाविक भए पनि पछिल्लो समय धेरै नागरिकले प्रदेश सरकारको आवश्यकता महसुस गरेको बताउनुभयो । बजेट निर्माण र कार्यान्वयनको अवस्था हेर्दा हरेक नागरिकलाई छुनेगरी प्रदेश सरकारले बजेट ल्याएको उहाँले दावी गर्नुभयो । आगामी दिनमा बजेट निर्माण गर्दा पर्याप्त छलफल र नीति र आवश्यकताका आधारमा योजना छनोट गरिने उहाँले बताउनुभयो । विगतमाझैँ यो वर्ष पनि बजेट ल्याउने क्रममा हतार भयो उहाँले भन्नुभयो, उहाँले कतिपय सङ्घीय सरकारका योजना ५०–६० हजारका पनि भएकाले त्यस्ता विकृति हटाउन सङ्घीय सरकारसँग छलफल भइरहेको बताउनुभयो ।

पाल्पाको पर्यटन विकास तथा भौतिक पूर्वाधारको विकासलाई र जिल्लाको करुवा र ढाकाको प्रवर्धनलाई प्रदेश सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो । उहाँले लुम्बिनीसम्म आएका पर्यटकलाई पाल्पामा पनि आकर्षित गर्ने योजनामा प्रदेश सरकारले ध्यान दिएको बताउनुभयो । मुख्यमन्त्री चौधरीले पत्रकारको क्षमता विकास, सामाजिक सुरक्षा तथा प्रदेशभित्र रहेका सञ्चार संस्थाको विकासका लागि सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले गरेका कामको यथार्थ समाचार बाहिर ल्याउन पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित : १८ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६