अर्थ-वाणिज्य

विश्व विद्यालयले यूवाको बिदेश पलायन रोक्ने नेतृत्व लिनु परयो :मुख्यमन्त्री चौधरी




बाँके १८ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उच्च शिक्षाका लागि भइरहेको युवाहरुको विदेश पलायन रोक्नेगरी प्राविधिक बिश्वविद्यालयलाई अघि बढ्न निर्देशन दिनुभएको छ । नेपालगञ्जमा सोमबार आयोजित लुम्बिनी प्राविधिक विश्वविद्यालयको पहिलो बार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । विश्वविद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री चौधरीले हतारमा छिटो कक्षा सञ्चालन गर्नभन्दा पनि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्राप्त गर्नेगरी अघि बढ्न निर्देशन दिनुभयो ।उहाँले विश्वविद्यालयका लागि वजेट अभाव हुन नदिइने बताउनुभयो । राजनीतिक भर्ति केन्द्र हुन पनि नदिइने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
मुख्यमन्त्री चौधरीले विश्वविद्यालयका लागि आवश्यक एकसय विघा जग्गा सङ्घ सरकारले अहिलेसम्म निर्णय नगरेको भन्दै यसखालका निर्णय प्रदेश सरकारले गर्न पाएपछि मात्रै सङ्घीयता कार्यान्वयन हुने बताउनुभयो । बाँकेको खजुरामा एकसय विघा जग्गा विश्वविद्यालयका लागि छनौंट गरिएको भए पनि निर्णय हुन बाँकी रहेको बताइएको छ । सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले आगामी भदौंदेखि कक्षा सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, प्रतिनिधिसभाका सांसद दिपा शर्मा, चन्द्रकेश गुप्ता, पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सदस्य वादशाह कुर्मी, नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने, प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराई, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकलगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

प्रकाशित : १८ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६