कृषि

सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने



     

कपिलवस्तु २० असार । अबदेखि सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने भएको छ । निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्तिलाई समेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ ।निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनका लागि अयोग्य हुने प्रस्ताव गरिएको हो ।प्रस्तावित विधेयकमा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्याएको व्यक्ति उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ । यस्तै, प्रचलित कानुन बमोजिम कर भुक्तानी नगरेको व्यक्ति पनि निर्वाचनका लागि अयोग्य हुनेछन् । सोमबार आयोगको बैठकले निर्वाचन व्यवस्थापनसम्बन्धी छरिएका कानुन एकीकरण तथा पछिल्लो समय चुनावका क्रममा उठेका कानुनी अस्पष्टतालाई स्पष्ट गरेर एकीकृत कानुनको विधेयक स्वीकृत गरेको छ ।
विधेयक गृह मन्त्रालयमार्फत संसद्मा पेस हुने आयोगले जनाएको छ  । दुवै सदनमा छलफल तथा संशोधन भई विधेयक पारित भएपछि मात्र ऐनका रूपमा लागू हुनेछ ।

प्रकाशित : २० असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६