कपिलवस्तु २० असार । एकीकृतरुपमा सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको हाता भित्रै राष्ट्रिय बाणिज्य बैकको एक्सटेन्सन शाखा बिस्तार गरिएको छ । प्रशासन कार्यालय देखि ३ सय मिटर जतिको दुरीमा बैकको शाखा कार्यालय छ । तर सेवाग्राहीलाई सहजरुपमा सेवा दिनकालागि प्रशासन कार्यालयको हाता भित्र बैकको एक्टेन्सन शाखा बिस्तार गरिएको हो । कपिलबस्तु नगरपालिका नगरप्रमुख सुदिप पौडल र प्रजिअ शंकरहरि आचार्यले संयुक्तरुपमा रिबन काटेर एक्सटेन्सन शाखाको उदघाटन गरे । सो अवसरमा मेयर पौडेलले ३ सय मिटरको दुरीमा शाखा रहे पनि जनताको सेवा सुबिधाकालागि एक्सटेन्शन शाखा खोल्नु निकै राम्रो काम भएको बताए ।
उनले खासगरी सरकारी राजस्व बुझाउन अब धेरै सजिलो हुने बताए । सो अवसरमा प्रजिअ आचार्यले प्रशासन कार्यालयबाट एकीकृतरुमा जनताले सेवा सुबिधा पाउन भन्ने उद्देश्यले बैको एक्सटेन्सन शाखा खोलिएको बताए । ‘ प्रशासन कार्यालयमा छिरेका सेवाग्राही यहीबाटैं सेबै सेवा पाउन भन्ने उद्देश्यले बैकको यो शाखा खोलिएको हो ’ उनले भने । अब राहदानी, हताहतियार तथा गैर सरकारी संस्थाको नविकरण लगायतका राजस्व जम्मा गर्न सजिलो भएको छ । सो अवसरमा बैकका प्रबन्धक अर्जुनराज काफ्लले मेयर पौडेल र प्रजिअ आचार्यको पहलले र्बैकको एक्सटेन्सन शाखा खोलिएको बताए । उनले ग्राहकहरुको सेवा सुबिधालाई मध्यनजर गर्दै जिल्लाका पालिकाहरुमा सेमत क्रमशः बैकको एक्टेन्सन शाखा खोल्ने बताए । उनले अहिले खोलिएको एक्सटेन्सन शाखामा अहिलेकोलागि राजस्व जम्मा गर्नै काम मात्र हुने र भबिष्यमा चेकको कारोवार समेत गर्ने गरी सेवा बिस्तार गरिने बताए ।
एक्सटेन्सन शाखाका पहिलो सेवाग्राही महाराजगंजका ओमकारनाथ शुक्लाले प्रशासन कार्यालयमा एक्सटेन्सन शाखा खोलिएको निकै खुशी लागेको बताए । हतियार नविकरण नर्ग आएका उनले आफुले सहजै राजस्व जम्मा गर्न पाउदा खुशी लागेको बताए । कार्यक्रम बैक प्रबन्धक काफ्लेको अध्यक्षता र बावुराम पोख्रेलको संचालनमा भएको हो । यस अघि प्रशासन कार्यालय भित्र हुलाक टिकट बिक्री कक्ष, स्तनपान कक्ष, नागरिक सहायता कक्ष लगातयकाका कक्षहरु स्थापना गरिएका छन ।
प्रतिक्रिया