खोज–अनुसन्धान

मन्त्रीद्वारा स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको उद्घाटन




कपिलवस्तु २३ असार ।कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ४ बरईपुरमा नव निर्मित स्वास्थ्य चौकी भवन र बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले उक्त भवनको उदघाटन गर्दै प्रदेश सरकारले प्रदेशभरीको स्वास्थ्य संस्थाहरुलाइृ बलियो बनाउदै लाने बताए । उनले सरकारी स्वास्थ्उ संस्थाहरुबाट प्रभावकारी सेवा प्रदान गर्न आवश्यक बजेट बिनियोजनकालागि आफुले पहल गरेको बताए । उनले ६० बर्ष उमेर पुगेका महिला स्वयमसेविकालाई प्रदेश सरकारले सम्मान गर्ने समेत जनाए । उनले स्वास्थ्य बिमा सेवा कार्यक्रमलाई प्रभावकारीरुपमा लैजानु पर्ने बताए ।

सो अवसरमा उनले महाराजगंज नगरपालिका वडा नम्बर १ स्थित प्राथमिकत सेवा उपचार केन्द्रमा रहेको मेडिकल स्टोरको समेत उदघाट गरे ।सो अवसरमा मेयर अब्दुल कलाम खाले महाराजगंज नगरपालिकाले स्वास्थ्य क्षेत्रलाइै प्राथमिकतामा राखेको स्पष्ट पारे । उनले नगरपालिकाको ११ वटै वडामा रहेको स्वास्थ्य चौकी भवन निर्माण गरी, बर्थिङ सेन्टर समेत संचालन गर्दै गएको बताए । नगरपालिका भित्र सुबिधा संपन्न अस्पताल समेत निर्माणाधीन रहेको र एम्बुलेन्स सेवालाई समेत संचालन गरिएको बताए । उनले स्वास्थय बिमा कार्यक्रम समेत अब संचालन गरिने जानकारी दिए । कार्यक्रममा पुर्व प्रदेश मन्त्री रिना नेपाल, उप मेयर रिता कुमारी चौधरी निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत निरंजन पौडेल, वडा नम्बर १ का अध्यष प्रमोद चौधरी, ८ का अध्यक्ष जोगेन्द्र सिंह लगायतको सहभागीता थियो ।

प्रकाशित : २३ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६