खोज–अनुसन्धान

रुपन्देहीमा सर्वाधिक नागरिकता वितरण : विकृतिको पहिलो प्रमाण पनि त्यहि फेला पर्यो




भैरहवा २७ असार । नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै नागरिकता वितरण गरिएको छ । जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहँदा लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म कसैले पनि नागरिकता लिएका छैनन् ।नयाँ ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो । यो प्रावधान अनुसार सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ । झुठठा विवरण पेश गरेर लिइएको नागरिकता जफत गरेर त्यहिवाट कारवाही समेत शुरु भएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा हालसम्म एक हजार ८२५ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएका छन् ।लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये रुकुम पूर्व, प्युठान र रोल्पा जिल्लामा जन्मसिद्धका सन्तानका आधारमा कसैले पनि नागरिकता लिएका छैनन् ।रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले नयाँ प्रावधान अनुसार कसैलाई पनि नागरिकता प्रदान नगरिएको बताउनुभयो । उहाँले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिन दुई जना आएपनि प्रक्रिया नपुगेका कारण उनीहरुलाई प्रक्रिया पु¥याएर आउन आग्रह गरिएको बताउनुभयो ।यस्तै, प्युठान जिल्लामा अहिलेसम्म कसैले पनि नयाँ प्रावधान अनुसार नागरिकता लिन नआएको प्रशासकीय अधिकृत मेघराज सैनीले बताउनुभयो । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि जिल्लामा अहिलेसम्म नयाँ प्रावधानमा टेकेर नागरिकता लिन कोही नआएको बताउनुभयो ।
बर्दिया जिल्लामा एक हजार २०८ जनाले जन्मसिद्ध नेपाली नागरिकका सन्तानका आधारमा नागरिकता लिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो।बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार अहिलेसम्म एक हजार ११४ जनाले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिएका छन् ।पश्चिम नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाका अनुसार जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सेमरीबाट गरी जम्मा एक हजार ५५ जनाले जन्मसिद्धका सन्तानका आधारमा नेपाली नागरिकता पाएका छन्।

कपिलवस्तु जिल्लाको जिल्ला प्रशासन कार्यालय बाहेक चन्द्रोटा र बाणगङ्गाबाट हालसम्म ७७३ जनाले त्यसरी नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।यस्तै दाङ जिल्लामा जम्मा ३६ जनाले जन्मसिद्धको सन्तानका आधारमा नयाँ ऐनअनुसार नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले पाल्पामा अहिलेसम्म तीन जनाले त्यसरी नागरिकता लिएको बताउनुभयो ।यस्तै, गुल्मीमा चार र अर्घाखाँचीमा एक जनाले जन्मसिद्ध सन्तानका आधारमा नागरिकता लिएका छन् ।

प्रकाशित : २७ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६