एजेन्सी ३१ असार ।चीनले भारतलाई सीमा विवाद समाधानका लागि सहमतिमा आउन आह्वान गरेको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग भएको भेटमा सीमा विवाद सुल्झाउनका लागि सहमतीमा आउन आग्रह गर्नुभएको एएफपीले जनाएको छ ।
वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहनुभएका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शंका गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिनुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । भारत र चीनबीचको सम्बन्ध पछिल्लो समय सीमानालाई लिएर बिग्रिएको छ ।भिसा विवादमा दुई पक्षले एकअर्काका सबैजसो पत्रकारहरूलाई निष्कासन गरेका छन् । लद्दाख क्षेत्र सहित अरुणाचल र कश्मीरमा समेत दुई देशबीच सीमा विवाद रहेको छ ।
प्रतिक्रिया