कपिलवस्तु, ३१ असार ।असार महिना कपिलवस्तुका लागि सर्पदंशको भयाभह महिना बन्दै गएको छ । एकैदिन ४ जनाको मृत्यू भएकै हप्तादिन नपुग्दै सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षीया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए।
सर्पको टोकाइबाट घाइतेलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उपचारको क्रममा उनको त्यही मृत्यु भएको थियो। मृतक महिला तथ्याङ्क कार्यालय कपिलवस्तुका पूर्व प्रमुख अनिरुद्ध उपाध्यायकी श्रीमती हुन्। उता वर्षाको मौसमसँगै कपिलवस्तुमा सर्पले टोक्ने क्रम समेत बढेको प्रहरी उपरिक्षक मीन बहादुर घलले बताए।
३१ असार २०८०, आइतबार
प्रतिक्रिया