देश

मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री, व्यवस्थापनमा प्रश्न ?



काठमाडौं, ०३ साउन । नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन्। बुधबार बिहान उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए। मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरू सबै स्वदेश फर्किएका हुन्।

स्वदेश फर्किएका हजयात्रीहरूले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरे। उनीहरूले नेपालबाट गएका हज कमिटीका सदस्यहरूले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको गुनासो गरे।

एक हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरे बापत सुविधा नपाएको र फोहोर होटलमा फोहोर खानेकुरा खुवाएको बताए।उनले नेपालबाट गएका हजयात्रीहरू हराउँदासमेत नेपालबाट गएका हज प्रतिनिधिहरू खोज्नसमेत नगएको बताए। उनले हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राख्न र पार्टीका कार्यकर्ता नराख्न आग्रह गरे।

‘मक्का मदिनामा ४३ दिन पूरा गर्दा हामीले १२ सय जना जानुभएको थियो, पैसा तिरेरै गएको हो तर पैसा तिरे बापत सुविधा पाइएन। गाडीको सुविधा पनि दिएन, सडेको चामल, मासु खुवाउँथ्यो, खाना खाने मानिस अस्पताल भर्ना भए, होटलमा पनि ट्वाइलेटमा राखेर प्लेट सफा गर्ने, स्प्रेले सफा गर्ने गरेर खाने खुवायो। नेपाल सरकारले पठाएका प्रतिनिधिहरूले उनीहरूले आफूले राम्रो गरे तर हाम्रो केही सहयोग गरेनन्’, उनले भने, ‘कति जना त तीन, चार दिनसम्म हराइ, नेपाल सरकारले पठाएका प्रतिनिधिहरू खोज्नसम्म गएनन्। हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राखियोस्, यो पार्टीगत नहोस्, हजमा नेपालको बदनाम गर्नेलाई कारबाही होस्। हज कमिटीको सबै सदस्यहरू दोषी हुन्।’

उनले हज यात्रामा नेपालको प्रतिनिधि भइ गएका हज कमिटीका प्रतिनिधिहरूले नेपालको बदनाम गरेकाले सबै दोषीहरूलाई कारबाही गर्न माग गरे।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६