पार्वती पाण्डे
कपिलवस्तु ७ साउन । साउन ७ गते, अर्थात् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृति दिवस । संस्थापक महासचिव पुष्पलालको स्मरण र उहाँप्रति श्रद्धासुमन अर्पण गर्न आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलाल स्मृति दिवस मनाइएको छ । कपिलवस्तुमा आयोजित नेपाली राजनिती र पुष्पलाल एक परिचर्चा कार्यक्रममा वोल्दै एमालेकी केन्द्रिय सचिव पदमा अर्यालले तत्कालिन अवस्थामा पुष्पलालको मृत्यू पेटभरी खान नपाउदा भएको तथ्य आफूले सहाना प्रधानवाट सुनेको वताउनु भयो ।
नेकपा एमालेका सचिव एवं पुर्व मन्त्री पद्मा अर्यालले विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’का प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम–लोकतान्त्रिक संयुक्त आन्दोलनका वैचारिक प्रणेता पुष्पलालको तस्विरमा फुलमाला लगाई हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ । सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज समेत रहनु भएकी अर्यालले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले मार्गनिर्देश गर्नुभएको बाटोमा अघि बढ्नु आवश्यक रहेको वताउनुभएको छ ।
संस्थापक महासचिव पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा परिवर्तनकारी र वैज्ञानिक विचार प्रारम्भ गरी त्यस विचारलाई व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भन्ने सैद्धान्तिक आधारमा संगठन निर्माण गर्नुभएको चर्चा गर्नु भयो । नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको महत्वपुर्ण योगदान रहेको बताउनु भयो । नेपालमा ठुलो विकास गर्ने पाटी नेकपा एमाले हो ।
काम गर्ने शक्तिलाई चारैतिबाट घेरा हालेर सत्ता च्युत गर्ने काम भएको भन्दै कार्यकर्ता कति पनि विचलित नहुन आग्रह गर्नु भयो । आगामी निर्वाचनमा जनताले एमालेलाई भारी मतले जिताउने छन , उहाँले भन्नु भयो । नेता अर्यालले अगाडि बताउनु भयो , ““नेकपा एमालेको अगुवाईमा अर्थात् केपी ओली सरकारमा रहदा निकै राम्रा ऐतिहासिक काम भएको भन्दै ति कामलाई जनसमक्ष पुर्याउन कार्यकर्तालाई आग्रह गर्नु भयो ।
” रेल ल्याउने , सुरुङ खोल्ने , राजमार्ग बनाउने ठुला विकास गर्ने पाटी एमाले रहेको नेता अर्याले जिकिर गर्नु भयो ।कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं कपिलवस्तु इन्चार्ज खिमलाल भट्राईले पुष्पलालकै अगुवाईमा नेपाली समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषणका साथ नेपाली समाज र राजनीतिलाई मार्गनिर्देशन गर्ने विचारद्वारा निर्देशित संगठन– नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गर्नु भयो । उहाँले अगाडि भन्नु भयो –सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाई स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीले पुष्पलालकै अगुवाइमा पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रूपमा अघि बढाउने काम भएको बताउनु भयो ।
उहाँले अगाडि भन्नु भयो ,“ हाम्रा जनप्रतिनिधि जनमुखी हुनु पर्छ , जनताले जे रुचाउछन , त्यहि काम गर्नु पर्छ नेता भट्राईले भन्नु भयो ।”जनप्रतिनिधि हुदा या नहुदा जनताले मन पराउने काम गर्नु एमालेको महान कार्य हो ।कार्यक्रममा बोल्दै पाटीका केन्द्रय सदस्य एवं नवलपरासी इन्चार्ज वलराम अधिकारीले नेकपा (एमाले) ले सांगठनिक शक्तिको बलमा राज्य सञ्चालनको नेतृत्व गरेका बेला ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई आत्मसात गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई सुशासनयुक्त, आधुनिक, समृद्ध र सुविधासम्पन्न देश बनाउने काम अघि बढाएको बताउनु भयो ।
नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र नेपालको सर्वोपरी राष्ट्रिय आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताबीच सक्रिय रहेको पाटीका केन्द्रीय लेखा आयोगका उपाध्यक्ष एवं पुर्व मन्थि विष्णु पन्थिले बताउनु भयो । कार्यक्रममा पाटीका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले एमालेको सरकारले थालनी गरेका दूरगामी महत्वका काम जनताको साझा राष्ट्रिय उपलब्धिका रूपमा रहेको बताउनु भयो । लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता परिपूर्तिको जीवनमूल्य समेटिएको ‘परिपूर्ण लोकतन्त्र’का रूपमा अघि सारेको एमाले प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले बताउनु भयो । पुष्पलालको सपना साकार पार्न लोकतन्त्रको परिभाषालाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरू अगाडि बढाउनु हाम्रो कर्तव्य भएको प्रदेश सदस्य एवं कार्यक्रमका संयोजक मित्रलाल शर्माले बताउनु भयो ।
संस्थापक महासचिव पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने सङ्कल्प गर्दै ४५ औं स्मृति दिवसमा पुष्पलालप्रति उपस्थित सबैले तस्विरमा फुलमाल चढाई श्रद्धासुमन व्यक्त गरेका थिए । पुष्पलालको सतवार्षिक स्मृति दिवस तथा वृक्षारोपण एवंं नेपाली राजनितिमा पुष्पलाल परिचर्चा विषयक कार्यक्रम आइतवार राजापानीमा गरिएको हो । पाटीका जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता सचिव सिवी गहतराजको सञ्चालनमा भएको कार्यक्रममा राजापानी सामुदायिक वनमा निम ,दालचिनी , अमला लगायतका करिब एकसय विरुवा लगाइएको हो । वनमा स्वर्गिय पुष्पलालको सालिक एवं पुष्पलाल पार्क बनाउने दिर्घकालिन योजनाका साथ कार्यक्रम गरिएको पाटी प्रचार एवं प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले बताउनु भयो ।
प्रतिक्रिया