प्रदेश

लुम्बिनी प्रदेशभर अब आँखाको नानी प्रत्यारोपण निःशुल्क



दाङ, १० साउन । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो हो । आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताउनुभयो ।

कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागू गरिने स्वास्थ्यमन्त्री खनालको भनाइ छ । यसका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि तयार हुनेछ ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६