अर्थ-वाणिज्य

‘पुस्तकरहित सृजनशील मंगलवार’ :कृषि कर्म ,ईन्जिनयिरिङ तथा चिकित्सा शिक्षा प्रदान




भगवती न्यौपाने
कपिलवस्तु १६ साउन।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुलले ‘पुस्तकरहित सृजनशील मंगलवार’ कार्यक्रमको शुरुवाँत गरेको छ ।विभिन्न क्रियाकलाप विद्यालयको आन्तरिक पाठ्यक्रममा समावेश गरि प्रत्येक मंगलवार विद्यार्थीहरुलाई ‘पुस्तकरहित सृजनशील मंगलवार’ को क्रियाकलापमा समावेश गराईने विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले जानकारी दिनुभयो । जस अन्तर्गत आज पहिलो दिन कक्षा १ देखि ३ सम्म कृषि कर्म तालिम, कक्षा ४ देखि ७ सम्म विद्यार्थी गुणीय चक्रका क्रियाकलाप तथा उद्घोषण एवम् नेतृत्व विकास तालिम प्रदान गरिएको छ । त्यस्तै कक्षा ८ देखि १० सम्म ईन्जिनयिरिङ तथा चिकित्सा शिक्षाका आधारभुत तत्वहरु सम्बन्धी शिक्षा र उद्घोषण तथा नेतृत्व विकास तालिमको प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुले भविष्यका लागि लिएको लक्ष्य प्राप्तिका निम्ति आधारशिला तयार गर्ने, सृजनशिल तथा सीपयुक्त सभ्य नागरिक उत्पादन गर्ने, अनुसन्धानका क्षेत्रमा चाहिने आधारभुत ज्ञानका साथै अन्वेषणात्मक कार्यमा अग्रसर गराउने, ईन्जिनियरिङ तथा चिकित्साको क्षेत्रलाई विस्तार गर्ने, बोल्ने बानीको विकाससंगै नेतृत्व विकास गरि असल नागरिक तयार गर्ने उद्देश्यका साथ ‘पुस्तकरहित सृजनशील मंगलवार’ सुरु गरिएको विद्यालयका कार्यक्रम संयोजक डुक बहादुर के.एम.ले बताउनुभयो ।चिकित्सा सम्बन्धी प्रशिक्षण जिवन खनाल, ईन्जिनियरिङ सम्बन्धी राजेश सैनी र निराजन पाल, संगीत सम्बन्धी रिसव पन्थी, विद्यार्थी गुणिय चक्र (एस.क्यु.सी) का क्रियाकलापमा धुर्व पौडेल, कृषि सम्बन्धी कक्षा शिक्षकहरुले सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६