अर्थ-वाणिज्य

सक्रिय पत्रकारको संस्था प्रेस चौतारी चुस्त दुरुस्त अघि बढ्नुपर्छ : नेता कडेल

राजनीतिक पूर्वाग्रह युक्त सदस्यता शुद्धीकरण मान्य नहुने प्रियासनको दावि




बुटवल १७ साउन।नेकपा(एमाले) लुम्बिनी प्रदेश समितिका अध्यक्ष राधाकृष्ण कडेंलले प्रेस चौतारी सक्रिय पत्रकारको संस्था भएको जनाउँदै अझै चुस्त दुरुस्त बनाएर अघि बढाउन आग्रह गर्नुभयो ।प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले राजनीतिक पूर्वाग्रह राखेर सदस्यता शुद्धीकरण भए मान्य नहुने चेतावनी दिनुभयो । उहाँले मापदण्ड बाहिर गएर प्रक्रिया अघि नबढाउन पत्रकार महासंघलाई सुझाव समेत दिनुभयो ।बैठकमा पार्टीका प्रचार तथा प्रकाशन विभाग लुम्बिनीका प्रमुख डिआर घिमिरे, प्रेस चौतारी लुम्बिनीका इञ्चार्ज मोहन चापागाइँ, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह इञ्चार्जहरु रुद्र सुवेदी, पार्वती पाण्डे, टिका बस्नेत ,कमल तिमिल्सेना, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे लगायतले बोल्दै सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको काममा गम्भीर बन्न पत्रकार महासंघलाई सुझाव दिनुभयो ।


बैठकमा प्रेस चौतारीका जिल्ला इञ्चार्जहरु अमृता अनमोल, नवराज सुवेदी, मिलन विक, अमृत गिरी, टिआर शर्मा, गणेश आचार्य, सन्तोष दहितले पत्रकार महासंघको गरीमा कायम राख्ने गरी शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणको काम अघि बढाउन आग्रह गर्नुभयो ।प्रेस चौतारीका रुपन्देहीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, पाल्पा अध्यक्ष कृष्ण कार्की, दाङ अधयक्ष इन्द्र डिसी, प्युठान अध्यक्ष वासुदेव गिरी, गुल्मी उपाध्यक्ष नारायण प्रभात मरासिनी लगायतले महासंघले मापदण्ड विपरित राजनीतिक पूर्वाग्रहका आधारमा सदस्यता शुद्धीकरण र वितरणको काम गरिएको भन्दै आपत्ती जनाउनुभयो ।प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ ।
वुधवार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले प्रदेशका १२ जिल्लामै विवाद देखिएकाले विरोध गर्ने निर्णय गरेको हो । बैठकले महासंघले मापदण्ड अनुसार नभइ व्यक्ति हेरेर पत्रकारको शुद्धीकरण गरेको जनाउँदै आपत्ति जनाएको छ ।विरोधका कार्यक्रम अन्तर्गत पत्रकार महासंघ लुम्बिनीलाई ज्ञापनपत्र बुझाउने, सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा जिल्लामा देखिएका विवाद समाधान गर्न आग्रह गर्ने र विवाद समाधान नभएको खण्डमा महासंघको कार्यकक्षमा तालाबन्दी गरिने अध्यक्ष शोभाखर पन्थीले जानकारी दिनुभयो ।

प्रदेश समिति बैठकले राजनीतिक आस्थाका आधारमा उस्तै प्रकृतिको काम गर्ने व्यक्ति पनि कोही रहने र कसैलाई हटाउने काम भएको भन्दै जिल्लाको विवादित निर्णय सच्चाउन पत्रकार महासंघ प्रदेश समितिलाई आग्रह गरेको छ ।राजनीतिक आस्थाकै आधारमा पत्रकार महासंघले सदस्यता शुद्धीकरण र वितरणको काम गरेका कारण आफुहरुको असहमती जनाएको महासचिव निरु गौतमले बताउनुभयो ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६