कपिलवस्तु २४ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौं तहका कर्मचारी साकिहर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सरकारी सेवामा प्रवेश गरेको मिति २०४८–१०–१५ गतेदेखि २०७८–०६–३० को अवधिमा अहमदको आय एक करोड १६ लाख ५३ हजार ९५७ रुपियाँ देखिएको छ ।यसैगरी, व्यय तथा लगानी दुई करोड ७२ लाख ३३ हजार ६५२ रुपियाँ देखिएकाले आयबाट निजको व्यय घटाउँदा आएको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ ।आयोगले अहमदको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो र जरिवाना जफत समेतको मागदाबी लिई विशेष अदालत, काठमाडौंमुद्धा दर्ता भएको हो ।
२४ श्रावण २०८०, बुधबार
प्रतिक्रिया