अर्थ-वाणिज्य

पाइपलाइनलाई ४ करोड ५० लाख बिनियोजन भएसंगै कृष्णनगरवासी हर्सित: मन्त्री यादव



कपिलवस्तु २६ साउन । नेपाल सरकारका संघीय खानेपानी मन्त्री महिन्द्र राय यादवले खोपानीको पाइपलाइनलाई ४ करोड ५० लाख रकम बिनियोजन भएसंगै कृष्णनगरवासी हर्सित भएको भन्दै हरेक घरमा धारा पुग्नेगरी वितरण गर्न थप वजेट उपलब्ध गराउने वताउनु भएको छ। उहाले कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने बताउनु भएको छ । मन्त्री यादवले कृष्णनगर खानेपानी संस्थानको अनुगमन खानेपानी समस्या समाधान गर्ने काम केन्द्रिय सरकारको रहेको भन्दै सो रकम मन्त्रालयबाटै स्वीकृत भएको बताउनुभयो ।

मन्त्री यादवले जिल्लाको बहादुरगंज खानेपानी संस्थानको अनुगमन गर्दै लागि रु १ करोड ४० लाख रकम स्वीकृत गरेको बताउनुभयो । आगामी दिनमा कपिलवस्तुको विभिन्न क्षेत्रमा ओभर हेड ट्यांकी निर्माणका लागि योजना अघी बढाउने मन्त्री यादवले आश्वासन दिनुभयो । जिल्लाको कृष्णनगर खानेपानी संस्थानको अनुगमन गर्दे मन्त्री यादवले केही बर्ष पहिले कपिलवस्तुमा हैजा जस्तो रोग फैलिएकोले शुद्धखाने पानी तर्फ नागरिक सजग हुनु पर्ने बताउनुभयो ।अनुगमन कार्यमा कपिलवस्तु क्षेत्र नं ३ का पुर्व सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, नेसपाका केन्द्रिय सदस्य तथा युवा नेता रहिस शाह, जिल्ला अध्यक्ष राम निवास पुरी लगायतको समेत सहभागिता रहेको थियो ।

पुर्व सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुमा खानेपानी समस्या धेरै भएकाले केन्द्रिय स्तरियबाट समाधान हुने धेरै राम्रो कार्य भएको बताउनुभयो ।कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले खानेपानी आपूर्तिको ओभरहेड ट्याङ्कीको अवस्थाको निरीक्षण मन्त्रीले पाइप लाइन परिवर्तनको लागि रकम छुट्याएको धन्याबाद समेत दिनुभयो ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६