अन्तर्राष्ट्रिय

अबैधरुमा भित्राइएको चामल लगायतका ४ लाख बढीको सामान बरामद



कपिलवस्तु २८ साउन भारतले चामल आयातमा रोक लगाए लगत्तै तस्करी बढे पछि सशस्त्र प्रहरीले सिमा नाकामा कडाई गरेको छ । चामल लगायत सामानको तस्करी बढेको गुनासो बढे पछि सशस्त्र प्रहरीले कपिलवस्तुको महाराजगंज नगरपालिका– ७ कोटिया नाकाबाट भित्राईको ४ लाख बढी मुल्यको चामल सहीतको सामाग्री बरामद गरेको हो । तस्करी भएको बिशेष सुचनाका आधारमा गस्ती पचिालन गरी सय बोरा चामल, १५ बोरा चिनी, ९ बोरा मैदा, मलखाद १५ बोरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८गण हेडक्वाटर कपिलवस्तुका प्रमुख तथा सशस्त्र प्रहरी उपरिक्षक जीवन कुमार केसीले बताए ।

साथै सो माल ओसारपोसरमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाईल समेत बरामद गरिएको उनले बताए । बरामद गरिएको सामान कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको उनले बताए । भारतसंग जोडिएको ९३ किलो मिटरको सिमा नाकामा ढेड दर्जन बढी नाकाहरु छन । खुला सिमाका कारण तस्करी नियन्त्रणमा चुनौती रहेको केसीले बताए । तस्करी नियन्त्रण र सिमामा हुने अपराध नियन्त्रणकालागि आफुहरुले सिमा नाका बिशेष निग्रानी बढाएको बताए । भारतबाट तस्करी भई आउने काठ, लागतयका बिभिन्न मालसामानहरु धमाधम पक्राउ गरिएको बताए । गत बर्ष सशस्त्र प्रहरीले एक बर्षमा ढाई करोड बढीको अबैध माल पक्राउ गरी भन्सार बुझाइएको केसीले बताए ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६