प्रदेश

बाणगंगाका शिक्षकहरु धर्नामा



कपिलवस्तु, २९ साउन। नेपाल सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुको हक हित र पेसागत विकासमा चासो नदिएको भन्दै देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघको केन्द्रिय कार्यक्रम अनुसार आइतबार कपिलवस्तुको बाणगंगामा समेत शिक्षकहरुले पालिकामा धर्ना दिएका छन् ।

नेपाल सरकारले मन्त्री परिषदबाट स्वीकृत गरी संसदमा पेश गर्न लागेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको निर्देशन अनुसार नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति कपिलवस्तुका सबै स्थानीय तहमा आइतवार धर्ना दिइएको हो ।

नेपाल सरकारसँग पटक पटक शिक्षकहरुको हकहितको सम्बन्धमा माग गर्दै आवाज उठाएको विषयलाई सरकारले कार्यान्वयन नगरेको भन्दै शिक्षकहरु आन्दोलित भएको बाणगंगा मावि गजेहडाका प्रधानाध्यापक रामप्रसाद भण्डारीले बताउनुभयो ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याललाई उक्त पत्र बुझाउँदै धर्नामा रहेका शिक्षकहरुले २० बुँदे मागहरु तेर्साएका छन् । करीब दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उच्च मावि तहका मावि शिक्षक अस्थायी नै रहेको अवस्थामा शिक्षकहरुले पेसागत स्थायित्वको माग गरेका छन् ।

यस्तै प्रारम्भिक बालविकास कक्षामा कार्यरत बालविकास शिक्षकहरुको न्यून तलबमा काम गर्न बाध्य रहेको भन्दै सरकारले ल्याउन लागेको शिक्षा ऐनमा उल्लेख गरी विद्यालय संरचनामा ल्याउनुपर्ने माग गरिएको छ ।

यसबाहेक आन्दोलित शिक्षकहरुले शिक्षकको अस्थायी अवधि गणना तथा निवृत्तिभरणको विषय, बढुवा सम्बन्धी व्यवस्थाको विषय, ग्रेड र तलब विभेद मिलानको विषय, विद्यालय प्रधानाध्यापकको प्रबन्धको विषयलाई सम्बोन गरिनुपर्ने माग गरेका छन् । यसबाहेक पद समायोजन, शिक्षण काउन्सील लगाएत २० बुँदे विषयलाई शिक्षकको हक हित र पेसागत सम्मानका लागि सरकारले ल्याउन लागेको शिक्षा विधेयक र शिक्षा ऐनमा अनिवार्य सम्बोधन गरिनपर्ने माग छ ।

शिक्षा विधेकका मस्यौदामा धेरै कुरा छुटेको पाइएको भन्दै नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलन तथा बिरोधका कार्यक्रम सार्वजनिक गरे अनुसार कपिलवस्तुमा पनि आइतबार शिक्षकहरु नगरपालिकामा धर्ना दिन पुगेका थिए । सामुदायिक विदालयका शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ सँगै विभिन्न दलका भातृ संघ तथा संगठनमा आबद्ध शिक्षकहरुले समेत शिक्षकहरुले उठाएका मागमा एक्यबद्धता जनाएका छन् ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६