अर्थ-वाणिज्य

गुल्मीका सबै स्थानीय तहमा शिक्षकको धर्ना



गुल्मी २८ साउन । नेपाल शिक्षक महासङ्घले गुल्मीका सबै स्थानीय तहमा धर्ना दिएको छ । यस जिल्लामा रहेका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा तीन घण्टा धर्ना दिएको नेपाल शिक्षक महासङ्घ गुल्मीका अध्यक्ष हिरासिंह सराङ्कोटीले जानकारी दिनुभयो । अध्यक्ष सराङ्कोटीका अनुसार शिक्षक महासङ्घमा आबद्ध सबै सङ्घ सङ्गठनले बिहान ११ देखि २ बजेसम्म जिल्लाका स्थानीय तहमा शान्तिपूर्ण, स्थानीय तहको सेवा प्रवाह र विद्यालयमा कुनै प्रभाव नपारी धर्ना दिएका हुन् ।धर्ना लगत्तै स्थानीय सरकारलाई विगतमा शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिको बारेमा जानकारी गराउनका लागि सहमतिको प्रतिलिपि सबै स्थानीय तहलाई बुझाएको उहाँले बताउनुभयो ।

नेपाल सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबै शिक्षकको माग सम्बोधन नगरेको, सरोकारवालासँग छलफल नगरी शिक्षा ऐन ल्याउन लागेको, नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ५१ बुँदे सहमति कार्यान्वयन गर्न नखोजेको भन्दै यसरी धर्ना दिइएको नेपाल शिक्षक महासङ्घ रेसुङ्गा नगरपालिकाका अध्यक्ष बालसिंह खत्रीले बताउनुभयो ।रेसुङ्गा नगरपालिकामा भएको धर्ना कार्यक्रममा नेपाल शिक्षक महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष प्रेमनारायण भण्डारी, नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष धना भण्डारी, नेपाल शिक्षक सङ्घ रेसुङ्गा नगरपालिका अध्यक्ष टामलाल पौडेल, नेपाल शिक्षक सङ्गठन रेसुङ्गा नगरपालिका अध्यक्ष लेखनाथ पौडेल, अखिल नेपाल शिक्षक सङ्गठनका कृष्ण प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६