कपिलवस्तु ३० साउन । अव्यवस्थित बसोबासीे लागि ३ महिना भित्रमा लालपुर्जा दिने भुमि आयोग कपिलबस्तुका भुमि बिज्ञ दल बहादुर थापा(ईश्वर) ले बताउनु भएको । अव्यवस्थित बसोबासी संघर्ष समितिले सोमबार वाणगगंगाको जितपुरमा आयोजना गरेको कार्यक्रममा सो कुरा बताउनु हो । सरकारले अव्यवस्थित बसोबासीको लागि लाल पुर्जा दिने भन्दै आएपनि बिभिन्न बाहाना देखाउदै समस्या समधान नगरेको उहाँले बताउनु भयो । अब त्यसको समाधानको लागि संघिय सरकार संग पहल गर्ने उहाले बताउनु भयो ।
अव्यवस्थित बसोबासी संघर्ष समितिका अध्यक्ष राजेन्द्र विक्रम साहले भुमि आयोगमा १३ वर्ष अगाडि जम्मा भएका लगत संकलन हेर्दा धमिराले खाएको अबस्था भेटिएको र कतिपय लगत संकलन हराएको अबस्था पाइएको वताउनु भयो । यता तत्काल कपिलबस्तुमा भुमि विज्ञ टोलिलाई बोलाएर समस्याको समाधान खोजिएको वताउदै अबको ३ महिना भित्रमा लाजपुर्जा दिने प्रतिवद्धता जाहेर भएको उहाँले बताउनु भयो । त्यसो त भूमि सम्बन्धी समस्या समाधान आयोग कपिलवस्तुमा पहिला देखिनै रहेको छ ।
जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य जस्ता पदाधिकराी विद्यमान छन् ।भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ तर पनि अझै पनि भुमीहिनको समस्या समाधान भएको छैन् ।
प्रतिक्रिया