अर्थ-वाणिज्य

सर्बदलिय बैठकमा देउवाको आक्रोस : सुनतस्करीको जिमा प्रधानमन्त्री र गृह मन्त्रीले लिनु पर्ने




काठमाडौं, ५ भदौ ।सिंहदरबारमा आइतवार आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र गृहमन्त्रीप्रति आक्रामकरूपमा प्रस्तुत भएका छन् ।देउवाले बालकृष्ण खाण र टोपबहादुर रायमाझीलगायतका नेताहरूलाई अनावश्यकरूपमा दुःख दिइएको र माओवादीका नेताहरूलाई भने प्रमाण भेटिँदा पनि उन्मुक्ति दिइएको भन्दै बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीप्रति रोष प्रकट गरेका छन् ।देउवाले रायमाझीको नाम लिएनन् तर बालकृष्ण खाणहरूलाई एउटाले पोलेकै भरमा पक्उ गरेर राजनीति सिध्याउन खोज्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले कृष्णबहादुर महराको केसमा भने उन्मुक्ति दिएको प्रश्न उठाएका थिए ।
सो बैठकमा देउवाले सुन तस्करीको नैतिक जिम्मा गृहमन्त्रीले लिनुपर्नेसमेत बताएका थिए । देउवा उच्चस्तरीय आयोग बनाएर यसको नीतिगत छानबिनमा समेत सकारात्मक देखिएका छन् ।देउवाले गृहमन्त्रीको जानकारी बेगर त्यत्रो सुन आउँछ रु यसमा गृहमन्त्रीले नैतिकरूपमा जिम्मा लिनुपर्छ, आवश्यक परे छानबिन आयोग बनाउँदा के पर्छ गरौं । बालकृष्ण खाणहरूलाई टर्चर दिएको कुरा छ । विभिन्न व्यक्तिलाई रानीपोखरीमा लगेर टर्चर दिएर फलाना व्यक्तिको नाम लिन भनिएको छ । यस्तो पनि हुन्छ ? भनेका थिए ।
रानीपोखरीस्थित उपत्यका प्रहरीको कार्यालयमा इन्द्रजीत राई, सानु भण्डारी, केशव दुलाललगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिलाई परिसर कार्यालयको हिरासतबाट ल्याएर एआईजी श्याम ज्ञवालीले अख्तियार प्रमुख प्रेम राई, आरजु राणालगायतको नाम पोल्न दबाब दिएको र त्यस क्रममा यातनासमेत दिइएको थियो ।
यहि विषय आइतबारको सर्वदलीय बैठकमा समेत देउवा र एमालेका प्रमुख सचेतक पदम गिरीले उठाएका थिए । गिरीले प्रहरीले मध्यराति २ बजे अभियुक्तहरूको बयान लिने क्रममा केही मान्छेलाई लक्षित गरेर नाम पोल्न दबाब दिएको अडिओ आफूसँग रहेको र आवश्यक परे सुनाउने चुनौती दिएपछि देउवा झनै आक्रामक बनेका थिए ।गिरीले सो अडिओको विषय उठाएपछि प्रधानमन्त्री प्रचण्ड, देउवा, गृहमन्त्री नारायणकाजीले उनीसँग अलग्गै छलफलसमेत गरेका थिए । त्यो छलफलमा के भयो भन्ने कुरा गिरीले बताउन चाहेनन् । उनले बैठकमा आफूले उच्चस्तरीय आयोग किन आवश्यक छ भन्ने विषय उठाउँदा प्रधानमन्त्री र देउवासहित शीर्ष नेताहरू सकारात्मक देखिएको बताए ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६