खोज–अनुसन्धान

लुम्विनीका ४ जिल्लामा किन फेरिए जिल्लामा माओवादी संयोजक




कपिलवस्तु ५ भदौ ।नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका ४ जिल्लामा संयोजक फेरेको छ । पुराना संयोजकहरू केन्द्रीय कमिटीमा भएकाले उनीहरूलाई हटाइ नयाँ जिम्मेवारी तोकिएको हो ।लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार रुकुम जिल्ला संयोजकमा रामसुर बुढामगर, गुल्मी संयोजकमा युवराज केसी वसन्त, रोल्पा संयोजकमा पूर्ण केसी र प्युठान संयोजकमा नवराज अधिकारी रोशनलाई तोकिएको छ ।प्रदेश कमिटी बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ ।
‘अहिले पार्टीमा एक व्यक्ति एक पदको जिम्मेवारी दिने निर्णय भएको छ । सोहीअनुसार ४ जिल्लाको नेतृत्वमा रहेका साथीहरू अन्य जिम्मेवारीमा रहेकाले नयाँ जिम्मेवारी तोकिएको हो । अहिले माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी तोकेको छ । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएको हो ।गत साउन ३२ गते केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराको रोहबरमा बसेको प्रदेशको बैठकले जिम्मेवारी टुङ्ग्याएको बताइएको छ ।
जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिएका छन् । त्यस्तै प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हरि कुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलवस्तु इन्चार्जमा महेश्वर गहतराज अथक तोकिएका थिए ।यस्तै बैठकमा १२ वटै जिल्लाको साङ्गठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजकहरूले प्रस्तुत गरेका थिए ।
अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा अपार, नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ । पार्टीले दिएको नयाँ जिम्मेवारीअनुसार सबै विशेष रूपान्तरण अभियानअन्तर्गत खटिएका छन् ।स्थायी कमिटी सदस्य तहका नेताहरूलाई जिल्लाको इन्चार्ज तोकिएपछि केन्द्रीय कमिटी र प्रदेशका सबै पालिका र वडा तहको जिम्मेवारीमा रहेका छन् ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६