अर्थ-वाणिज्य

बाणगंगाले यशोधरामा पुराएको क्षेती रोक्न प्रजिअको सकृयता : जनता तटबन्दले तत्काल काम गर्ने



तौलिहवा ६ भदौ । बाणगङ्गा नदी कटानका कारण चिन्तित बनेको खोरीयाबासीको समस्या समाधान हुने भएको छ । गत साता लगातार वर्षाका कारण नदीमा बनाएको पक्कि बाँध नै भत्काएपछि स्थानीय समस्यामा परेका हुन् । नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा समेत बढेको छ । नदी कटानको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन गरिएको हो । नदी कटानका कारण यशोधरा गाउँपालिका वडा नं. ८ खोरीया गाँउ बगाउने खतरा छ भने सो क्षेत्रको खेती योग्य जमिन वगरमा परिणत भएको छ । अनुगमनका क्रममा वडा नं. ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानले नदी कटान रोक्न दिर्घकालिन समाधान खोज्नु पर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार एक साताअघि परेको अविरल वर्षाका कारण खोरीया गाँउ जोखिममा परेको अवस्था छ । जनताको तटबन्धले गत वर्ष नदीमा लगाएका ढुङ्गा सहितको तारजाली भत्केको अवस्था रहेको उहाँले बताउनुभयो । जनताको तटबन्ध कार्यालयका प्रमुखसँग कुरा भइसकेको र केही दिनमै इन्जिनियर पठाएर पुर्ण मुल्याङकन गरी कटान नियन्त्रण गरिने उहाँको भनाइ छ । नदी कटान नियन्त्रण भएन भने यशोधरा गाँउपालिकाको वडा नं. ७ र वडा नं. ८ का दर्जनौ गाँउ जोखिममा पर्ने देखिन्छ । गाउँका सबै जसोको धेरै थोरै जमिन नदीले बगरमा परिणत गरेको छ ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६