दाङ २१ भदौ । आरक्षण कोटाको माग गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले आज देखि रिले अनसन शुरु गरेको छ । लुम्बिनी प्रदेशसभामा पेस भएको निजामती कर्मचारी ऐनमा अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग गर्दै महासंघले आज देखि लुम्बिनी प्रदेश सरकारको मुल गेट अगाडि रिले अनशन सुरू गरेको हो ।प्रदेशसभामा पेस भएको निजामती कर्मचारी ऐन २०८० मा आरक्षण कोटा अन्तरगत अपाङ्गताको कोटा ५ प्रतिशत हुँदै आएकोमा घटाएर ३ प्रतिशत कायम भएको भन्दै महासंघले उक्त प्राबधान सच्याउन माग गर्दै पहिलो चरणको आन्दोलन अन्र्तगत भदौ २३ गते सम्म रिले अनसनको कार्यक्रम शुरु गरेको महासंघका लुम्बिनी प्रदेश सहसचिव मनोज पंगेनीले बताए ।
उहाँले दबाब दिने उद्देश्यले भाद्र २१ गते देखि भदौ २३ गते सम्म दैनिक विहान १०ः३० बजे देखि बेलुका ४ बजे सम्म लुम्बिनी प्रदेशसभाको मुलगेट अगाडी शान्तिपूणर् रिले अनसन सुरू गरेको बताए । सवै प्रदेशमा अपांगता कोटा ५ प्रतिशत कायम छ तर लुम्बिनी प्रदेश सरकारले अपांगताहरूको अधिकार कटौती गर्न आरक्षण कोटा घटाएको सहसचिव पंगेनीले आरोप लगाए ।लुम्बिनी प्रदेश सरकारले संसद सचिवालयमा पेश गरेको निजामती सेवाको गठन सर्त सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०८० को दफा ११ मा पदपुर्ति सम्बन्धी विशेष व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको लागि ३ प्रतिशत समानुपातिक कोटा व्यवस्था गरिएको प्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालयको गम्भिर ध्यानाकर्षण भएको बताउँदै उक्त पदपुर्ति सम्बन्धी व्यवस्थालाई संशोधन गरी ५ प्रतिशत कायम गरिनुपर्ने महासंघ लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धिरेन्द्र विकले माग गरे ।
उनले अपाङ्गता भएका ब्यक्तिहरुलाई सरकारी सेवामा मुल प्रवाहीकरण गर्नुपर्ने, नेपालको संविधान २०७२ को समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुको नागरिक अधिकार तथा मानव अधिकारको रक्षा र प्रवर्दन गर्न र अपाङ्गता भएका व्यक्तिहरु मैत्री शासन प्रबर्दन गर्नुपर्ने र समाजिक न्याय प्रबर्दन गर्न माग गरिएको प्रदेश व्यवस्थापक विकको भनाई छ ।
यता प्रदेश सांसदहरूले अपांगता भएका नागरिकहरूले उठाएको माग ज्याज भएको र संसद बैठकमा अपांगता कोटा सुनिश्चितताका लागि जोडदार आवाज उठाउने प्रतिवद्वता जनाएका छन् । उहाँहरुले संघ सरकार र अन्य प्रदेश सरकारले समेत आक्षर कोटा सुनिश्चत भइसकेको अवस्थामा लुम्बिनी प्रदेश सरकारले मात्र घटाउन खोज्नु एकदमै गलत भएको प्रदेश सांसदद्धय विश्वप्रेम पाठक र दिपेन्द्र पुनले बताए ।रिले अनशनको पहिलो दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका सह—सचिव मनोज पंगेनीको अगुवाईमा अपाङ्गता भएका करिव ५० जना बढीको सहभागीता रहेको थियो । रिले अनसनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धिरेन्द्र विक, परियोजना अधिकृत शिव घर्तीमगर, जनवकालत संयोजक सरोजा भण्डारी, लेखापाल महानन्द पोख्रेल र दोभासे चम्पा बुढा लगायत सयौँ अपाङ्गहरुका उपस्थिति रहेको थियो ।
प्रतिक्रिया