अर्थ-वाणिज्य

मन्त्री यादवद्धारा कृषि ज्ञानकेन्द्रमा अनुगमन : बजेट फ्रिज हुन नदिन निर्देशन




कपिलवस्तु २३ भदौ ।लुम्विनी प्रदेश सरकारका कृषि तथा भूमि संरक्षण मन्त्री भण्डारी लाल यादवले तौलिहवा स्थित कृषि ज्ञान केन्द्रको निरिक्षण तथा अनुगमन गरेका छन् ।कार्यालय निरिक्षणका अवसरमा मन्त्री यादवले कार्यालयले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका मुख्य उपलब्धीहरु र चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी लिएका थिए ।
कार्यालय प्रमुख भाष्कर पौडेल तथा कर्मचारीहरु विच मन्त्री यादवले चालु आर्थिक वर्षमा विनियोजित बजेटको पूर्ण सदुपयोग ढंगबाट समयमै कार्यक्रमहरु सम्पन्न गर्न जोड दिएका छन् ।सो अवसरमा कार्यालय प्रमुख पौडेलले कार्यालयको बजेट तथा कार्यक्रम पूर्ण पारदर्शी ढंगबाट १०० प्रतिशत नै खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।मन्त्री यादव संग जनता समाजवादी पार्टीका संघीय परिषद केन्द्रिय सदस्य राम निवास यादव, लुम्विनी प्रदेश सदस्यहरु सन्दिप यादव र सन्तोष पाण्डेय, जिल्ला उपाध्यक्ष ईरफान खान लगायतको उपस्थिति रहेको थियो । अपांगतामा ५ प्रतिशत कोटा सुनिश्चितताको मागसहित प्रदेशसभा भवन अगाडि अनशन

प्रकाशित : २३ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६