कपिलवस्तु, ३१ भाद्र ।
हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज २०८० सालको अवसरमा नेकपा (एमाले)कपिलवस्तुद्धारा विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गरेको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी प्रेस विज्ञप्ती मार्फत स्वदेश तथा विदेशमा रहनुहुने हिन्दु नारी एवम् सम्पूर्ण नेपाली प्रति सु–स्वास्थ्य एवम् दीर्घायूको कामना गरिएको छ ।
हरितालिका तीजको अवसरमा जारी विज्ञप्तीमा लैंगिक विभेद रहित समाज निर्माणका निम्ति सबैलाई पर्वले प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दर्छौ भनिएको छ । जारी विज्ञप्तीमा सामाजिक एवम् राजनैतिक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै महिला माथी हुने कुनै पनि हिंसा प्रति पार्टीले कठोर निर्णय लिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा पर्वका नाममा हुने सबै खाले विकृतीलाई हटाउदै पर्वका सकारात्मक पक्षलाई संस्कारका रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । जारी विज्ञप्तीमा समाजमा देखा पर्ने महिलामाथी हुने सबै खाले हिंसाको घटना प्रति सबैको ध्यान जानुपर्नेमा जोड दिदै समाजको सकारात्मक परिवर्तनबाट मात्र समुन्नत समाज निर्माणको लक्ष्य पार्टीले पुरा गर्ने विश्वास लिएको विज्ञप्तीमा भनिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।
प्रतिक्रिया