प्रदेश

किराना पसलहरूले मदिरा जन्य बस्तुको बिक्रीवितरण गरेको प्रति संघको ध्यानाकर्षण




कपिलवस्तु, ०१ असोज ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले जिल्ला प्रशासन लगायत मातहतका निकायलाई ध्यानाकर्षण गराएको छ । संघले कपिलवस्तु जिल्ला भरि नै किराना पसलहरूले निर्वाधरुपमा मदिरा जन्य बस्तुको बिक्रीवितरण गरेको पाइएपछि मातहतका निकायलाई ध्यानाकर्षण गराएको हो ।

संघले आइतबार जिल्ला प्रशासन मार्फत कपिलवस्तु उद्योग वाणिज्य संघ, मदिरा व्यवसायी संघ कपिलवस्तु, उद्योग ब्यापार संघ कपिलवस्तु लाई बोधार्थ गरि ध्यानाकर्षण गरेको जनाएको छ । यस्तै करदाता सेवा कार्यलय तौलिहवा, खाद्य तथा गुण नियन्त्रणको कार्यालय र घरेलु तथा साना उद्योग कार्यलय  कपिलवस्तुको कार्यलयमै पुगेर संघका अध्यक्ष रविन्द्र पौडेल, वरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटा लगाएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । 


रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूको छाता संगठन होटल तथा पर्यटन व्यवसायी संघले मदिरा जन्य वस्तुहरूको बिक्रीवितरण गर्ने बिक्रेताले सरकारले तोकेको मापदण्ड विपरित अनुमतिपत्र अन्तःशुल्क नलिई विभिन्न किराना पसलले बिक्रीवितरण गरेका पत्रको बुदाँ न. १ मा जनाएको छ । 


यस्तै मदिरा जन्य वस्तुहरूको होलसेल बिक्रेताको रुपमा लाइसेन्स स्वीकृति प्राप्त बिक्रेताले आफ्नो पसलबाट खुद्रा बिक्रीवितरण गरेको बुदाँ न. २ मा जनाएको छ । भने बुदाँ न. ३ मा मदिराजन्य डिलर बिक्रेताले होलसेलर मार्फत नभै प्रत्यक्ष गाउँगाउँमा गई कानुन विपरित मदिरा बिक्रीवितरणको लाइसेन्स प्राप्त नगरेका र दर्ता बिना सञ्चालित व्यवसायीहरूलाई खुद्रा बिक्रीवितरण गरेको खुलाएको छ ।


व्यवसायीहरूको हकहित, संरक्षण, सम्वर्द्धन र पर्यटन प्रवर्द्धनको माध्यमबाट समृद्ध जिल्ला निर्माणको उद्देश्यले लागि परेको संघले यस्ता गुनासोहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 


ध्यानाकर्षण पत्रमा यस किसिमका बिक्रीवितरणले सरकारले तोकेका मापदण्ड र कानुनको अधीनमा रहेर लाखौ, करोडौँको लगानीमा सञ्चालित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूलाई गम्भीर असर पर्न गएकोले सम्पूर्ण सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए । 


उनले यस किसिमको अवैध रुपमा मदिराजन्य वस्तुको बिक्री वितरणबाट सरकारको राजश्वमा असर, कानुन बमोजिम स्थापित व्यवसायिक ख्याति, श्रीजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न जाने बताए ।  यस्तै अध्यक्ष पौडेलले यस किसिमका कार्य नरोकिएमा संघले कडा रुपमा विरोधका कार्यक्रम अगाडि बढाउने बताए । 

प्रकाशित : १ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६