प्रदेश

बाणगङ्गामा ३३ पुरीया ब्राउन सुगर सहित चार जना पक्राउ



कपिलवस्तु, ०२ असोज ।
कपिलवस्तुको बाणगङ्गामा ३३ पुरीया ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । बाणगङ्गा वडा न। ७ घेरुवा बनगाई चोक बाट बिक्रीका लागि तयार पारेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पक्राउ पर्नेमा बाणगङ्गाकै मुख्य कारोबारी मानिने ३६ वर्षको ज्ञान राज परियार, देव बहादुर जिसी, सहजित क्षेत्री र आकास परियार रहेको प्रहरी कार्यालय पिपराले बताएको छ । सोमवार राति करिब १० बजे पक्राउ परेका चारजनालाई थुनामा राखिएको छ । मंगलबार म्याद थपका लागि तौलिहवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

लागू औषधको ट्रान्जिट पोईन्ट मानिने बाणगङ्गामा पछिल्ला दिनमा प्रहरीले बिक्री वितरण तथा सेवन कर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । ३३ पुरिया ब्राउन सुगरको तौल १ ग्राम २९० मिली ग्राम रहेको छ ।

प्रकाशित : २ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६