अर्थ-वाणिज्य

बुटवल–गोरुसिंगे–चनौटा सडकको डिजाइन तयार




कपिलवस्तु ३ असोज
बुटवल–गोरुसिंगे–चनौटा सडक विस्तारको पहिलो खण्ड बुटवल–गोरुसिंगेसम्मको ५० किलोमिटर सडकको डिजाइन बनाउने काम सकिएको छ।बुटवल–गोरुसिंगे सडक विस्तार पहिलो खण्डको डिजाइन तयार भइसकेको छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा बनेको सो डिजाइन स्वीकृत समेत भइसकेको छ। डिजाइन अहिले विश्व बैंकको नो अब्जेक्सनका लागि पठाइएको आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठले बताईन।
बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर सडक चार लेनमा विस्तार गर्न लागिएको हो। यो सडक निर्माणका लागि एडीबीसँगको समन्वयमा डीपीआरको काम सम्पन्न भएको हो।यो सडक विस्तारमा लगभग ३० वटा सानाठुला पुलहरु पनि निर्माण हुने उनले बताईन। यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु पनि निर्माण हुनेछन्। यस्तै ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्ने श्रेष्ठले बताईन।यो ६९ किलोमिटर सडक निर्माणका लागि पनि विश्व बैंकको ३५ अर्ब ऋण सहयोग छ। जसमा विश्व बैंकले नेपालको सडक स्तरोन्नतिका लागि २७५ मिलियन डलर अर्थात करिब ३५ अर्ब रुपैयाँ सहयोग गरेको हो। विश्व बैंकले एक्सेस कार्यक्रमअन्तर्गत यो परियोजनामा लगानी गर्ने गरी सम्झौता भएको हो।
गोरुसिंगेदेखि चनौटासम्म १९ किलोमिटर सडक पनि विस्तार गर्न लागिएको छ। अहिलेसम्म उक्त खण्डको कुनै काम पनि अगाडि बढाइएको छैन। आयोजनाले परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ। अब केही दिनमा सम्झौता हुन मात्र बाँकी रहेको श्रेष्ठले बताईन।सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राख्दै यो वर्षको लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको छ। यो खण्डको आयोजनाको लागि भने ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको आयोजनाले जनाएको छ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६