प्रदेश

पेन्सन बञ्चित शिक्षक कपिलवस्तु गठन



कपिलवस्तु, १२ असोज ।

पेन्सन बञ्चित शिक्षक जिल्ला समिति, कपिलवस्तु घनश्याम गैरेको नेतृत्वमा गठन गरिएको छ । बिहीबार श्री तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालय, तौलिहवा कपिलवस्तुमा उपस्थित भेलाबाट गठित समितिको उपाध्यक्षमा महेन्द्र बहादुर शाही र प्रज्ञा रेग्मी सचिवमा कृष्ण गाउँले सहसचिवमा मोहन अर्याल तथा कोषाध्यक्षमा कस्तुरा सिग्देल रहनुभएको छ ।

कपिलवस्तु जिल्ला १० वटा पालिका संयोजक सहित जिल्ला सदस्यमा धर्मराज खनाल वाणगंगा न.पा., विष्णु पोखरेल कपिल्वस्तु न.प., भोजराज गिरी विजयनगर गा.पा., देवनन्द ठाकुर शिवराज न. पा., रितु पौडेल बुद्धभूमि न.पा., बाबुराम पौडेल मायादेवी गा.पा.,जयबुद्ध यादव, महाराजगन्ज न.पा., दिलिप चौधरी यशोधारा गा.पा., राजिव घिमिरे शुद्धोधन गा.पा., रामजी चौधरी कृष्णनगर न. पा.,चयन हुनुभएको छ । साथै सदस्यहरुमा दामोदर आचार्य, सशिला थापा मगर रहनुभएको छ ।

पछि थप दुई जनाको मनोनयन सहित १९ सदस्यीय पेन्सन बञ्चित शिक्षक जिल्ला समिति, कपिलवस्तु गठन गरिएको छ ।

निजामती सेवा साथै अन्य सेवामा योगदानमूलक निवृत्तभरण प्रणाली सम्बन्धि व्यवस्था भएपनि शिक्षकको हकमा कानूनमा कतै उल्लेख नभएको व्यवस्था लाद्न खोजिएका कारण देशभरका पेन्सन बञ्चित शिक्षकहरु ऐन नियममा उल्लेख नभएको कुरा नमान्ने भनी आन्दोलित भएको सन्दर्भमा काठमाडौं केन्द्रित जारी आन्दोलनमा कपिलवस्तु तर्फबाट ऐक्यबद्धता जनाउने निर्णय भएको छ ।

भेलाले एउटै ऐनबाट नियुक्त भएका शिक्षक पेन्सन पाउने र नपाउने गरी राज्यले विभेद गरेको निष्कर्ष सहित पेन्सन बञ्चित सम्पूर्ण स्थायी शिक्षकहरू जिल्ला तथा अब बन्ने पालिका समितिमा गोलबद्धभई आन्दोलनमा सरिक हुन् अपील गरेको छ । साथै भेलाले माग सुनुवाई गरि पूरा गर्न सरकारसंग जोडदार माग समेत गरेको छ ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६