काठमाण्डौ, १६ असोज । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।
यस्तै कपिलवस्तु, अर्घाखाँची, दाङ, गुल्मि, पाल्पा लगायत पश्चिम नेपालका विभिन्न ठाउमा धक्का महसुस भएको छ । आज २ः४० र ३ः०५ मा गरि दुइ वटा भुकम्पको धक्का महसुस भएको छ ।
प्रतिक्रिया