कपिलवस्तु १८ असोज । कपिलवस्तु १८ असोज । बाणगंगा १ र २ वाट हराएका ४ वालिका फरक २ स्थानवाट फेला परेका छन् । उनीहरु मध्ये २ जना कपिलवस्तुको मधौलीयावाट र २ जना बुटवलवाट फेला परेका हुन् । बुटवलवाट श्रृजना ठकुरी र विष्णु छहारी फेला परेका हुन् । उनीहरु मलेसीया बस्ने एक यूवाले बुटवलमा बस्नेगरी घरवाट भाग्न लगाएको प्रारम्भीक जानकारी आएको प्रहरी निरिक्षक गोपाल रायमाझीले वताउनु भयो । ईप्रका पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा गएको प्रहरी टोली र त्यो संगै गएको एमाले नेता विश्व कार्की सहितको वाणगंगा खानेपानी उपभोक्ता समुहको टोली सहितले ती वालिकालाई फेला पारी उद्धार गरेका हुन् । एमालेका नेता कार्कीले बुटवलमा फेला परेका २ वालिकाको तस्बीर पोष्ट गर्दै बुटवल मजुवावाट २ वालिकालाई प्रहरी टोलीले उद्धार गरेको वताउनु भएको छ । यस्तै कपिलवस्तुको मधौलियामा फेला परेका २ वालिकामा दिब्या चौधरी र अञ्जली थारु रहेका छन् । यी वालिकालाई मधौलिया बस्ने लक्ष्मी चौधरीले आफ्नो घरमा राखेकी थिइन ।
चौधरी थरुका २ वालिका ४ दिन देखि हराएका थिए भने अन्य २ वालिका १९ दिन देखि हराएका थिए । बेपत्ता भएर फेला परेका ४ वालिका एउटै विद्यालयका भएको पुष्टि भएको छ ।उ नीहरु बाल मावि बैरीयाको कक्षा ८ देखि १० सम्म पढ्ने वालिका हुन् । ४ वालिका फेला पर्नुमा खानेपानीमा काम गर्ने एक महिलाको छोरी हराएको र उसको साथी मार्फत पत्ता लगाउदा एउटै संपर्कमा आधारमा ४ जना भागेको पाइएको छ । विस्तृत अनुसन्धान पछि थप विवरण सार्वजनिक गरिने निरिक्षक रायमाझीले वताउनु भयो
प्रतिक्रिया