प्रदेश

बाणगङ्गामा कम्प्युटर  इन्जिनियरिङ् शिक्षाको महत्व विषयक अन्तरक्रिया




हरि घिमिरे, २१ असोज । 
वाणगङ्गामा कम्प्युटर इन्जिनियरिङ् शिक्षाको महत्व विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

कपिलवस्तुमै पहिलो कम्प्युटर इन्जिनियरिङ् शिक्षाको पढाई हुने वडा न. ५ मा रहेको महेन्द्र माध्यामिक विद्यालयले अन्तरक्रिया गरेको हो ।  

शनिवार बाणगङ्गाका वडा न. ७ र ८ का विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक तथा अभिभावक सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

बाणगङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले कार्यक्रमलाई सम्बोधन गर्दै कम्प्युटर शिक्षा आजको मूल आवश्यकता रहेको बताए । उनले जिल्लामै एक मात्र कम्प्युटर इन्जिनियरिङ् शिक्षाको पढाइ वाणगङ्गामा सरकारी तवरबाट सञ्चालनमा आउनु गौरवको कुरा भएको बताए । 
उनले यस्तो मुल आवश्यकता रहेको शिक्षा बाणगंगाका विद्यार्थी लगायत जिल्लाका इच्छुक विद्यार्थीले लिन पाउनुनै भाग्यशाली सम्झनु पर्ने बताए । उनले यो शिक्षा लिन अव जिल्ला बाहिर जानु नपर्ने भएको बताए । 

जिसीले अव बाणगंगाको कोपवामा भर्ना खुलेको समयमा यो शिक्षामा इच्छुक विद्यार्थी भाइबहिनीलाई भर्ना भएर शिक्षा आर्जन गर्नुहुन आग्रह गरे ।

यो कम्प्युटर इन्जिनियरिङ् शिक्षा कक्षा ९ देखी सुरु भएर कक्षा १२ सम्म पढ्न सकिने विद्यालयका प्रधानअध्यापक तनु श्री भण्डारीले जानकारी दिइन । उनले कम्प्युटर इन्जिनियरिङ् पढेपछि एब.वि.वि.एस पढ्न नपाइने तर बायो टेक्नोलजी र मेनो टेक्नोलजी लगायतका टेक्निकल शिक्षा र अन्य शवै विषयमा उच्च शिक्षा हाँसील गर्न सकिने बताइन् । 

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सिता चौधरीको अध्यक्षता रहेको रहेको कार्यक्रमको सञ्चालन शिक्षक प्रदिप पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रम ६ वटा विद्यालयका करिब ७० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो । 

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६