चितवन २३ असोज । मुग्लिनको एक होटलमा महिलासँग बास बस्न गएका एक पुरुष मृत भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ईच्छाकामना ५, मुग्लिन बजारमा रहेको गोरखा होटल एण्ड लजमा बास बस्न गएका पुरुष आज बिहान मृत भेटिएका हुन् ।हिजो राति सरिता सुनारको नामबाट इन्ट्रि गरेर होटलमा दुईजना बास बसेका थिए । तर, बिहान होटल सञ्चालकले मृत अवस्थामा पुरुष मात्रै भटेका थिए ।चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार महिला करिब ३०÷३५ वर्षकी थिइन् भने पुरुषको पहिचान अहिलेसम्म खुलेको छैन ।
२३ आश्विन २०८०, मंगलबार
प्रतिक्रिया